गजल सन्ध्यामा पूर्व अध्यक्षहरूको ‘कमब्याक’, अध्यक्षमा मन क्षेत्री

गजल सन्ध्यामा पूर्व अध्यक्षहरूको ‘कमब्याक’, अध्यक्षमा मन क्षेत्री

Education News

@edunewsnp

२०८० फाल्गुण १२ गते शनिवार ०३:४३

 पोखरा । गजल सन्ध्या पोखराको अध्यक्षमा मन क्षेत्री सर्वसम्मत चयन भएका छन् । उनी सन्ध्याका पूर्व अध्यक्षसमेत हुन् । शनिवार पोखरामा सम्पन्न १८ औँ साधारणसभा तथा १३ औँ अधिवेशनबाट क्षेत्रीको अध्यक्षतामा गठित कार्यसमितिका उपाध्यक्षमा...

 

पोखरा
गजल सन्ध्या पोखराको अध्यक्षमा मन क्षेत्री सर्वसम्मत चयन
भएका छन् । उनी सन्ध्याका पूर्व अध्यक्षसमेत हुन् ।

शनिवार पोखरामा सम्पन्न
१८ औँ साधारणसभा तथा १३ औँ अधिवेशनबाट क्षेत्रीको अध्यक्षतामा गठित कार्यसमितिका
उपाध्यक्षमा पूर्व अध्यक्ष कपिल शर्मा र सचिवमा पूर्व अध्यक्ष उदिपराज ढुङ्गाना सर्वसम्मत
चयन भएका छन् । समितिका कोषाध्यक्षमा विष्णु सुवेदी, सहसचिवमा सावित्री गिरी तथा
सदस्यहरूमा लक्ष्मण तिमिल्सिना
, माधव खतिवडा, सागर अधिकारी, शोभा लामिछाने र करणकपुर खनाल छन् ।

पूर्वअध्यक्ष रुपिन्द्र
प्रभावी संयोजक
, संस्थापक अध्यक्ष दिलिप दोषी र मुक्तक
मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्य सदस्य रहेको निर्वाचन समितिले सर्वसम्म
कार्यसमितिको घोषणा गर्दै सपथ गराएको थियो ।

नवनिर्वाचित अध्यक्ष
क्षेत्रीले सन्ध्याको गरिमा र उचाइलाई कायम राख्दै सबैलाई समेट्दै जाने बताए ।
‘पोखरेली साहित्यमा गजल सन्ध्याको अहम् भूमिका छ । म फेरि गजलको त्यही राजमार्गमा
आइपुगेको छु
, जहाँ म हिजो पनि हिँडेको थिएँ र अहिले पनि
हिँडिरहेकै छु
,’ मनले भने, ‘अग्रज,
समकालीन र नयाँ पुस्तालाई जोड्दै सन्ध्यालाई अगाडि बढाउँदै जान
सहयात्रा गर्ने छौं ।’

यसअघि वसन्त विनोद
सन्ध्याका अध्यक्ष थिए । अधिवेशनको उद्घाटन सत्रमा पूर्वअध्यक्ष दीपक समीपले गजल
सन्ध्याको कार्यक्रमप्रति साहित्यप्रेमीहरूको अत्यधिक आकर्षण रहेको समयको स्मरण
गरे । ‘मैनबत्ति बालेर गजल वाचनका कार्यक्रम हुन्थे
, वाचन
गर्न प्रतिस्पर्धा चल्थ्यो’ उनले भने, ‘गजल सन्ध्याको गतिविधिले अन्य संस्था पनि
छायामा थिए ।

संस्थापक अध्यक्ष दिलिप
दोषीले लडेर
, जुधेर त्यो बेला सन्ध्या स्थापना गरेको इतिहास
स्मरण गर्दै स्थापनाकालीन गजलकारहरूलाई समेटेर अघि बढ्न सुझाव दिए ।

पूर्व अध्यक्ष अमृत
सुवेदीले हिजो खल्तीबाट पैसा हालेर कार्यक्रम चलाउनुपर्ने
, पुरस्कार बाँड्नुपर्ने परिस्थितिको अन्त्य गर्दै कोष स्थापना गरिएको तर अब
फेरि सन्ध्यालाई व्यवस्थित ढङ्गले चलाउनुपर्ने चुनौती थपिएको बताए । वसन्त विनोदको
अध्यक्षतामा भएको बन्दसत्रमा सचिव त्रुपकले प्रगति प्रतिवेदन र कोषाध्यक्ष महेश
बस्ताकोटीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शनिबार नै सन्ध्याको २
सय ४८ औँ नियमित गजल वाचनसमेत भएको थियो । सन्ध्याले हरेक महिनाको दोस्रो शनिवार गजल
वाचन र तेस्रो शनिवार अक्षरयात्रा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

प्रकाशित मिति २०८० फाल्गुण १२ गते शनिवार ०३:४३