रमेश प्रभातको ‘अलिकति फरक कुरा’ समीक्षा सङ्ग्रह सार्वजनिक

रमेश प्रभातको ‘अलिकति फरक कुरा’ समीक्षा सङ्ग्रह सार्वजनिक

Education News

@edunewsnp

२०८१ बैशाख १३ गते बिहिबार ०४:०२

 चितवन, वैशाख १३ गते । आज २०८१ वैशाख १३ गते सम्पूर्ण किताब नारायणगढमा समीक्षक रमेश प्रभातको निसमालोचना कृति 'अलिकति फरक कुरा'को घुम्टो उघार्ने काम सम्पन्न भएको छ । समीक्षक रमेश प्रभात, प्रकाशक रेखा श्रेष्ठ, कवि प्रकाश चापागाईं,...

 

चितवन, वैशाख १३ गते । आज २०८१ वैशाख १३ गते सम्पूर्ण किताब नारायणगढमा समीक्षक
रमेश प्रभातको निसमालोचना कृति
अलिकति फरक कुराको घुम्टो उघार्ने काम सम्पन्न भएको छ । समीक्षक
रमेश प्रभात
, प्रकाशक रेखा श्रेष्ठ, कवि प्रकाश चापागाईं, कवि तथा आख्यानकार एल्
बी क्षेत्री
, अन्वेषक कर्ण बानियाँ तथा कवि एवम् निबन्धकार सृजन लम्सालले
संयुक्त रूपमा घुम्टो उघारेका थिए ।

विमोचित
कृतिका बारेमा सरोज दवाडीले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । उनले यस
कृतिमा प्रयोग भएको भाषा र शैलीको प्रशंसा गरेका थिए । त्यस्तै कवि सुरेन्द्र
अस्तफलले कृतिका बारेमा पाठकीय टिप्पणी गरेका थिए । एल् बी क्षेत्रीले यो कृति
समीक्षा हो कि समालोचना भन्ने प्रश्न उठाएका थिए ।

उक्त
कार्यक्रममा समालोचक एकनारायण पौडेलले निसमालोचना के हो
? समालोचना र
निसमालोचनाको अन्तर के हो
? भन्ने कुरामा प्रकाश पार्दै उक्त कृतिका बारेमा
छोटो टिप्पणी गरेका थिए ।

प्रमुख
अतिथिको भूमिकामा रहेका कवि प्रकाश चापागाईंले 
आफू कवि भएको कुरा गर्दै समालोचनामा त्यति रुचि नभएको कुरा गरे । कृतिकार
रमेश प्रभातले आजको समालोचना पाठकमैत्री नभएको हुनाले निसमालोचना लेख्नुपरेको कुरा
गरे । यसमा सिर्जनाको सुवास हुने कुरा पनि प्रस्ट पारे ।

सम्पूर्ण
किताब नारायणगढले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व कवि एवम् निबन्धकार
सृजन लम्सालले गरेका थिए भने सहजीकरण लेखराम सापकोटाले गरेका थिए ।

प्रकाशित मिति २०८१ बैशाख १३ गते बिहिबार ०४:०२