भानुजयन्तीको अवसरमा रूपा काव्य उत्सव

भानुजयन्तीको अवसरमा रूपा काव्य उत्सव

Education News

@edunewsnp

२०८२ असार २८ गते शनिवार ०४:३२

 पोखरा । रूपा वाङ्मय प्रतिष्ठानले २१२ औँ भानु जयन्ती’ को अवसरमा ‘रूपा काव्य उत्सव’ सम्पन्न गरेको छ । शनिबार रूपा गाउँपालिका–६ स्थित पृथ्वीरूपा माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो। साहित्यकार डा. बाबुराम अधिकारीको...

 

पोखरा । रूपा वाङ्मय
प्रतिष्ठानले २१२ औँ भानु जयन्ती’ को अवसरमा ‘रूपा काव्य उत्सव’ सम्पन्न गरेको छ ।
शनिबार रूपा गाउँपालिका–६ स्थित पृथ्वीरूपा माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रम
सम्पन्न भएको हो।

साहित्यकार डा. बाबुराम
अधिकारीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा सम्पन्न
कार्यक्रममा दुई भागमा कविता वाचन गरिएको थियो । विशेष कविता वाचन शृङ्खलामा ५ जना
कविहरूले कविता सुनाएका थिए भने खुला सिर्जना वाचन शृङ्खलामा १५ जना कविहरूले आआफ्ना
सिर्जना प्रस्तुत गरेका थिए।

कार्यक्रममा डा. गणपति
ओझा
,
नवराज अधिकारी, हरिकला गौतम, तारानाथ पराजुली र सुप्रिया खनालले विशेष कविता वाचन गरेका थिए।

कार्यक्रममा भानुभक्त
आचार्यको व्यक्तित्व र योगदानबारे चर्चा गरिएको थियो। कार्यक्रममा प्रकट पगेनी
स्मृति प्रतिष्ठानका अध्यक्ष टीकाराम पगेनी
, लेखनाथ उद्योग
वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा
,  महासचिव जानुका पराजुली र नागरिक परोपकार समन्वय
संस्थाका सचिव शिवराज सुवेदीले शुभकामना दिएका थिए।

कार्यक्रमको सञ्चालन
संस्थाका सचिव मदन घिमिरेले गरेका थिए ।

प्रकाशित मिति २०८२ असार २८ गते शनिवार ०४:३२