चिल्ड्रेन–नेपालको २७ औं साधारणसभा सम्पन्न

चिल्ड्रेन–नेपालको २७ औं साधारणसभा सम्पन्न

Education News

@edunewsnp

२०८० कार्तिक २५ गते शनिवार ०७:५६

पोखरा । चिल्डेन–नेपालको २७ औं बार्षिक साधारणसभा संस्थाको कार्यालय मासबार पोखरामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शान्त पौडेलकोे अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले संक्षिप्त...


पोखरा । चिल्डेन–नेपालको २७ औं बार्षिक साधारणसभा
संस्थाको कार्यालय मासबार पोखरामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शान्त
पौडेलकोे अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक डिल्ली प्रसाद
शर्माले संक्षिप्त परिचय दिदैं संस्थाको दिगोपन र आत्मनिर्भरका लागी प्राप्त गरेका
उपलब्धि र प्रयासहरुको बारेमा आफनो भनाई राखेका थिए । संस्थाको स्थापनादेखि
हालसम्म कठिन परिस्थितिमा रहेका हजारौँ बालबालिका
, युवा, महिला
र तिनका परिवारहरुको निम्ति सामाजिक र मानवीय सेवा प्रदान गर्ने अवसर प्राप्त
भएकोमा हामीलाई खुशी लागेको छ । संस्थाले बालअधिकार प्रवद्र्धन
, शान्ति, वातावरण संरक्षण, महिला
सशक्तीकरण
, दिगो
विकास र सामाजिक परिवर्तनको क्षेत्रमा कार्यरत यस संस्थाले आफ्नो स्थापना २०५२
सालदेखि सडक
, श्रमिक, दलित, अपाङ्ग लगायत विभिन्न खाले जोखिममा परेका सिमान्तकृत समुदायका
बालबालिका
, युवा, महिला र तिनका परिवारलाई केन्द्रित गरी
सामाजिक सेवाका विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको कुरा बताउनु भएको थियो
।संस्थामा यो उपलब्धि प्राप्त गर्नको लागी कार्यसमिति पदाधिकारी
, साधारण सदस्य, कर्मचारीहरु, बिभिन्न सहयोगी संघ संस्था सरोकार
निकाय एबं शुभचिन्तकको साथ मिलेको र सबैको भुमिका उत्तिकै महत्वपुर्ण रहेको कुरा
बताएका थिए । संस्थाले लक्षित समुहलाई प्रदान गर्दै आएको सेवालाई प्रभाबकारी
बनाउदै लैजाने कुरामा समेत जोड दिएका थिए । सोही क्रममा कार्यकारी निर्देशक
शर्माले संस्थालाई साथ र सहयोग गर्ने संस्थाका कर्मचारी
,राज्यका निकाय,स्थानीय तह, प्रशासन र सम्पुर्ण सरोकारवालाहरुलाई
समेत धन्यबाद दिएका थिए । संस्थाका कार्यसमिति सदस्य र संलग्न कर्मचारीहरु र
स्वमसेवकहरुकोे अहोरात्रको खटन
,
मेहनतका कारण संस्थाले सफलता हासिल गर्दै आएको कुरामा जोड दिएका थिए
। साधारण सभामा संस्थाको बार्षिक समाचार पुस्तिका “उज्यालोको खोजी २०८०” को
संस्थाका अध्यक्ष शान्त पौडेल र कार्यसमिति सदस्यबाट संयुक्त रुपमा बिमोचन गरिएको
थियो ।

संस्थाले कार्य सम्पादन मुल्याङकनबाट यस बर्ष उत्कृष्ट कर्मचारीको रुपमा
छनौट भएका ब्यबस्थापन अधिकृत लक्ष्मि देबी शर्र्मा र सह संयोजक दुमनाथ शर्मालाई
प्रशंसा पत्र नगद र दोसल्ला ओढाई सम्मान गरिएको थियो । यसै गरी संस्थाको काठमाण्डौ
सम्पर्क कार्यलयमा रहेर आफनो जिम्मेवारी पुरा गर्दै  ग्रामिण बिकास बिषयबाट स्नातकोत्तर तह उत्तिर्ण
गरेकोमा कर्मचारी बिना तामाङ लाई प्रशंसा पत्र नगदबाट सम्मान गरिएको थियो । कार्यक्रममा
सहयोगी संस्था चिल्डे
«न–नेपाल
डेनमार्कका संस्थापक अध्यक्ष एभभच इचतखबमि लाई प्रशंसा पत्र र दोसल्ला ओढाई सम्मान
गरिएको थियो ।सोही क्रममा संस्थाद्धारा संचालित सुर्यमुखी हस्तकला कार्यक्रममा
संलग्न उत्पादक महिलाहरुलाई समेत पुरस्कृत गरीएको थियो ।

२७ औं बार्षिक साधारणसभामा संस्थाको आ
ब २०७९
/०८० को प्रगती
प्रतिबेदन संस्थाका महासचिब जयन्द्र भट्टराईले प्रस्तुत गरेका थिए
, भने आ ब २०७९÷०८० को  आर्थिक प्रतिबेदन र आगामी बर्ष २०८०/०८१ को कार्यक्रम र बजेट संस्थाका
कोषाध्यक्ष कुल प्रसाद पौडेलले प्रस्तुत प्रस्तुत गरेका थिए । दुबै
प्रतिबेदनहरुलाई सम्मानित सभाबाट सर्बसम्मत पारित गरिएको थियो ।

संस्थाका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित
सम्पुर्ण सहभागीहरुलाई  कार्य समिति सदस्य
कृष्ण प्रसाद खरालले स्वागत गरेका थिए
, भने साधारण सदस्यको तर्फबाट मिना भण्डारी र कार्यसमितिको तर्फबाट
रामचन्द्र पौडेलले सभामा शुभकामना मन्तब्य राखेका थिए । संस्थाका सचिब राधा देबी
शर्माले संचालन गर्नु भएको उक्त साधारण सभामा संस्थाका निबर्तमान अध्यक्ष भिमलाल
गुरुङले उपस्थित सम्पुर्णलाई धन्यबाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति २०८० कार्तिक २५ गते शनिवार ०७:५६