कुमुदिनी होम्समा नि:शुल्क होटल तालिम सुरु

कुमुदिनी होम्समा नि:शुल्क  होटल तालिम सुरु

Education News

@edunewsnp

२०८२ जेठ २० गते सोमबार ०१:३४

पोखरा । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आजदेखि नि:शुल्क एक हप्ते होटल तालिम सुरु भएको छ । एस्.ई.ई. दिएर बसेका होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी तालिमको आयोजना गरिएको...

पोखरा
पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक
विद्यालयमा आजदेखि नि:शुल्क एक हप्ते होटल तालिम सुरु भएको छ ।

एस्.ई.ई. दिएर बसेका
होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी तालिमको आयोजना
गरिएको कुरा संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो । पोखरा उपत्यकाभित्रका
विभिन्न विद्यालयका विद्यार्थीहरू पर्वत
, स्याङ्जा ,
तनहुँ र गोर्खा जिल्लाका जम्मा ६१ जना विद्यार्थीहरू तालिममा सहभागी
भएका छन् । तालिम अवधिभरि विद्यार्थीहरूले कुकिङ एण्ड बेकिङ
, बार एण्ड मक्टेल मेकिङ, फुड एण्ड बेभ्रेज सर्भिस
लगायतका विभिन्न विषयमा आधारित भएर तालिम सञ्चालन गरिएको कुरा व्यवस्थापन संकाय
संयोजक विकाश ढुङ्गानाले जानकारी दिनुभयो ।तालिममा होटल म्यानेजमेन्ट शिक्षकहरू
सन्दिप थापा
, शिवराज काफ्ले र फुड प्रोडक्सन इन्सटक्टर अरुण
मानन्धरले  सहजीकरण गर्ने कुरा शिक्षक
सुरेन्द्र सदिच्छाले जानकारी दिए ।
 

प्रकाशित मिति २०८२ जेठ २० गते सोमबार ०१:३४