कुमुदिनी होम्समा अङ्ग्रेजी हिज्जे सम्पन्न

कुमुदिनी होम्समा अङ्ग्रेजी हिज्जे सम्पन्न

Education News

@edunewsnp

२०८१ माघ ११ गते शुक्रबार ०२:५६

सुरेन्द्र  सदिच्छा पोखरा । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार विद्यालयको वार्षिक कार्यतालिकाअनुसार आधारभूत तह स्तरीय अन्तरसदनात्मक अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । आधारभूत...



सुरेन्द्र  सदिच्छा

पोखरा । पोखराको
गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार विद्यालयको
वार्षिक कार्यतालिकाअनुसार आधारभूत तह स्तरीय अन्तरसदनात्मक अंग्रेजी हिज्जे
प्रतियोगिता सम्पन्न भएको छ ।

आधारभूत तह संयोजक सजनी
मजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा रातो सदनका ओजस्वी भुजेल
, पुनम सुनार, शेन गुरुङ र चाहना आचार्यको समूह प्रथम
हुन सफल भएको थियो । त्यस्तै निलो सदनका सारा गुरुङ
, संस्कृति
गैह्रे
, अभिषेक चोचाङ्गी र एन्जिला ढकालको समूह द्वितीय भएको
थियो ।

शिक्षकहरू श्रवण कुमार
तिमिल्सिना र भुवन गुरुङ हिज्जे मास्टर रहनुभएको प्रतियोगितामा समय पालकको
भूमिकामा शिक्षक नवराज गुरुङ र अङ्कनको भूमिकामा शिक्षिका मुना देवकोटा रहनुभएको
थियो ।

प्रकाशित मिति २०८१ माघ ११ गते शुक्रबार ०२:५६