समालोचक रमेश प्रभातको जन्मदिनको अवसरमा गरियो नयाँ कृतिको परिचर्चा

समालोचक रमेश प्रभातको जन्मदिनको अवसरमा गरियो नयाँ कृतिको परिचर्चा

Education News

@edunewsnp

२०८२ असार ७ गते शनिवार ०३:१७

भरतपुर । गजल मञ्च चितवनले समालोचक रमेश प्रभातको ५३ औँ शुभ जन्मदिनको अवसरमा उनको दोस्रो निसमालोचना कृति 'अरु अलिकति फरक कुरा'को परिचर्चा कार्यक्रम सम्पन्न गर्यो । अन्य कार्यक्रमभन्दा फरक रहेको उक्त कार्यक्रममा सोही सङ्ग्रहका समेटिएका...



भरतपुर
गजल मञ्च चितवनले समालोचक रमेश
प्रभातको ५३ औँ शुभ जन्मदिनको अवसरमा उनको दोस्रो निसमालोचना कृति
अरु अलिकति फरक कुराको परिचर्चा कार्यक्रम
सम्पन्न गर्यो । अन्य कार्यक्रमभन्दा फरक रहेको उक्त कार्यक्रममा सोही सङ्ग्रहका
समेटिएका चितवनका छजना सर्जकहरुले आफ्नो अभिमत राखेका थिए ।

उक्त
समालोचना कृतिमा २९ वटा समालोचना समेटिएकोमा उपलब्ध छजना सर्जकमध्ये सुरेन्द्र
अस्तफलले आफ्ना कवितामा प्रेम र यौन मात्र नभएर समाजका विविध पक्ष रहेको जिकिर
गर्दै ती पक्ष छुटेको कुरा गरे । त्यस्तै गणेश श्रमण र किसान प्रेमीले आफ्ना
कृतिमाथि न्याय भएको अभिमत राखे । उदय अधिकारीले आफूलाई समेटे पनि समग्र कृति
नआएको गुनासो गरे भने सिर्जन अविरलले रमेश प्रभातको क्षमता अझै नखुलेको विचार राखे
। त्यस्तै विद्या भण्डारी चिरागले बालसाहित्यका बारेमा पनि समीक्षा गरेकोमा
धन्यवाद दिइन् ।

त्यस्तै
पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुली र पत्रकार तथा आख्यानकार
सूर्यप्रकाश कँडेलले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा उठेका सवालको जवाफ
दिँदै कृतिकार रमेश प्रभातले अबको समालोचनाको नेतृत्व निसमालोचनाले गर्छ भन्ने
धारणा अघि सारे । उनको विचारमा समालोचना बचाउन पनि यसो गर्नु परेको हो ।

सम्पूर्ण
किताब नारायणगढमा आयोजित उक्त कार्यक्रमलाई आयोजक संस्था गजल मञ्च चितवनले
`सर्जकहरुको अभिमत´ नाम राखेको थियो । उक्त
कार्यक्रमको सहजीकरण सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले गरेका
थिए भने अध्यक्षता गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले गरेका थिए ।
 

प्रकाशित मिति २०८२ असार ७ गते शनिवार ०३:१७