आदर्शको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

आदर्शको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Education News

@edunewsnp

२०८२ असार ९ गते सोमबार ०३:४२

 पोखरा । गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘मनमा तिम्रो फोटो छ’ शनिबार सार्वजनिक गरिएको छ । पोखराको सभागृहचोकस्थित बेरी लाउञ्ज एण्ड बारमा आयोजित एक समारोहका बिच गायक तथा सङ्गीतकार रामभक्त जोजिजूले गीतको भिडियो सार्वजनिक गरेका...

 

पोखरा
गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘मनमा तिम्रो फोटो छ’
शनिबार सार्वजनिक गरिएको छ । पोखराको सभागृहचोकस्थित बेरी लाउञ्ज एण्ड बारमा
आयोजित एक समारोहका बिच गायक तथा सङ्गीतकार रामभक्त जोजिजूले गीतको भिडियो
सार्वजनिक गरेका हुन् ।

उक्त कार्यक्रममा विशेष
अतिथि रामचन्द्र त्रिपाठी
, जितबहादुर थापा, झलक गुरुङ, नारायण सापकोटा रहेका थिए । उक्त कार्यक्रममा डा.
निरञ्जन कोइराला ‘जमिन’ र नारायण सापकोटाले शुभकामना मन्तव्य दिएका थिए ।

गायक सन्दिप परियार र
गायिका मनिषा सुनारको स्वर रहेको गीतमा मोडल रुसा न्यौपाने र युवा वैज्ञानिक
डाक्टर निरन्जन कोइराला ‘जमिन’को मुख्य अभिनय देख्न सकिन्छ । साथै
, भिडियोमा गीतकार आदर्श पोखरेल, सोम गुरुङ, जमुना पौडेल बराल, भुवन विश्वकर्मा र विपासा सेन्चुरीको
समेत अभिनय समावेश गरिएको छ ।

भिडियोको निर्देशन तथा
सम्पादन राम बास्तोलाले गरेका हुन् भने छायाङ्कन दिनेश केसी र अनिल कार्कीले गरेका
हुन् । भिडियोको कथा भने सुदीप सुवेदीले लेखेका हुन् ।

भिडियो सार्वजनिक कार्यक्रमको
सञ्चालन अनुराग अधिकारीले गरेका थिए । गीतको भिडियो रूपा म्युजिकको अफिसियल
युट्युब च्यानलमा हेर्न सकिन्छ ।


प्रकाशित मिति २०८२ असार ९ गते सोमबार ०३:४२