सुरजको बालकविताको किताब बजारमा

सुरजको बालकविताको किताब बजारमा

Education News

@edunewsnp

२०८१ माघ १६ गते बुधबार ०६:००

 पोखरा । सुरजको नयाँ बाल कृति साहित्यकार सुरज उपाध्यायको चौथो कृति बजारमा आएको छ । बेला प्रकाशनले बजारमा ल्याएको कविता सञ्चयन ‘बाबा कतारमा, आमा हतारमा’ कृतिमा २८ कविता छन् । कवितामा दीपमाला महर्जनको आवरण र चित्र रहेको छ। कवि सुरज बालमनोविज्ञानलाई...

 

पोखरा । सुरजको
नयाँ बाल कृति
साहित्यकार सुरज उपाध्यायको चौथो कृति बजारमा आएको छ । बेला
प्रकाशनले बजारमा ल्याएको कविता सञ्चयन ‘बाबा कतारमा
, आमा हतारमा’ कृतिमा २८
कविता छन् ।

कवितामा
दीपमाला महर्जनको
आवरण र चित्र रहेको छ। कवि सुरज
बालमनोविज्ञानलाई नयाँ बिम्ब
, प्रतीकमार्फत् अभिव्यक्त गर्न खप्पिस छन् ।
विचारमार्फत् चेतना भर्ने उनले सत्ता परिवर्तन
, विद्रोह र चेतनाका लागि लेखनमार्फत् आवाज
उठाउँदै आएका छन् ।
कृतिको मूल्य २ सय ५० रुपैयाँ छ । कवि सुरजले बालबालिकाको
मनोविज्ञान र अहिलेको परिवेशलाई कवितामा उतार्न खोजेको सुनाए । भने
, ‘कविता
सङ्ग्रहमा बालबालिकाको मनोविज्ञानलाई सम्मान गरिएको छ । बालबालिकालाई मनोरञ्जन
, ज्ञान त दिनैपर्छ, सँगसँगै अहिलेको परिवेश, समाज पनि सिकाउनुपर्छ
भन्ने कुरा मनन गरी लेखिएका कविता यसमा छन् ।’

यसअघि
उपाध्यायका गजल सङ्ग्रह ‘तिम्रो मन फर्किएन’ गजल सङ्ग्रह (२०६०) र दुई बालकविता
सञ्चयन ‘चील उड्यो आकाशमा’ (२०७१) र
‘साइकल’ (२०७९) प्रकाशित छन् ।

प्रकाशित मिति २०८१ माघ १६ गते बुधबार ०६:००