एसइईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत उत्तीर्ण

एसइईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत उत्तीर्ण

Education News

@edunewsnp

२०८३ असार २३ गते मङ्गलबार ०५:४०

 काठमाडौँ, असार २३ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा मङ्गलवार सार्वजनिक गरिएको छ । ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएकामा ८३ हजार ५२३ जना अर्थात् ६४.६९...

 

काठमाडौँ, असार २३ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई)
२०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा मङ्गलवार सार्वजनिक गरिएको छ ।

ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी
सहभागी भएकामा ८३ हजार ५२३ जना अर्थात् ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका राष्ट्रिय
परीक्षा बोर्डले जानकारी दिएको छ ।

उत्तीर्ण भएकामध्ये ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि
२.८० सम्म जीपीए प्राप्त गरेका छन् । त्यस्तै १६ हजार ४६७ जनाले २.८० देखि ३.२०
, १४
हजार ३६२ जनाले २.०० देखि २.४०
, १ हजार १९५ जनाले ३.२०
देखि ३.६०
, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले
३.६० देखि ४.०० जीपीए हासिल गरेका छन् । ०.८०–१.२० र १.२०–१.६० जीपीए प्राप्त
गर्ने विद्यार्थी भने छैनन् ।

परीक्षाको मर्यादाविपरीत कार्य गरेको भन्दै
केन्द्राध्यक्षबाट सिफारिस गरिएका ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको
बोर्डले जनाएको छ ।


 

प्रकाशित मिति २०८३ असार २३ गते मङ्गलबार ०५:४०
  • no-image

    RESULT
    २०८३ साउन २६ गते मङ्गलबार ०३:१८

    result software

    result software
    २०८३ साउन २६ गते मङ्गलबार ०३:०८

    Result management system

    Result management system
    २०८३ साउन २५ गते सोमबार ०३:५८