डा. अमर गिरीका दुई कृति एकैसाथ

डा. अमर गिरीका दुई कृति एकैसाथ

Education News

@edunewsnp

२०८२ मङ्सिर १७ गते मङ्गलबार ०१:५६

 काठमाडौं । कविता, समालोचना, निबन्ध र राजनीतिक स्तम्भ लेखनमा समानान्तर कलम चलाउने डा. अमर गिरीका दुई साहित्यिक कृति एकै साथ बजारमा आएका छन् । गिरीको छैटौँ कविता सञ्चयनका रुपमा ‘रातमा कलम’ र चिन्तनपरक निबन्धहरुको नयाँ सङ्कलन ‘समय,...

 

काठमाडौं
कविता, समालोचना, निबन्ध र राजनीतिक स्तम्भ लेखनमा समानान्तर कलम चलाउने डा. अमर गिरीका दुई
साहित्यिक कृति एकै साथ बजारमा आएका छन् । गिरीको छैटौँ कविता सञ्चयनका रुपमा
‘रातमा कलम’ र चिन्तनपरक निबन्धहरुको नयाँ सङ्कलन ‘समय
, शब्द
र संवाद’ बेला पब्लिकेसन्सले प्रकाशन गरेको हो ।

कवि गिरी २०३० को
दशकदेखि नेपाली प्रगतिवादी कविताका क्षेत्रमा सक्रिय स्रष्टा हुन् । उनका यसअघि नै
‘घाम छेक्ने पहाड
, तर पनि हामी जीवित छौं, दुःसाध्य समय, शब्दहरुका बीचमा र समय संवाद जस्ता
पाँच कविता कृति प्रकाशित छन् । गिरीका मौलिक र सम्पादित गरेर दर्जनौं समालोचना
कृति पनि प्रकाशित छन् । उनका प्रमुख समालोचना कृति हुन्– समय
, समाज र संस्कृति, समकालीन नेपाली कविताको वैचारिक
परिप्रेक्ष्य
, भूमण्डलीकरण र साहित्य, साहित्य
विमर्श
, कवितामा वर्गद्वन्द्व । उनको सम्पादन र सहसम्पादनमा
थुप्रै समालोचना सङ्गालो प्रकाशित छन् ।

“एकै भञ्ज्याङ् चढ्दैमा
बिसाइ नफेर्ने काव्ययात्री हुन् – अमर गिरी । कविताको उकालोमा पाँच दशकभन्दा बढी
समय अथक यात्री हुनु आफैमा असाधारण साक्ष्य हो ।” प्रकाशक बेला पब्लिकेसन्सले
भनेको छ
,
कवि गिरी २०३० को दशकदेखि प्रगतिवादी कविता धारामा अनवरत क्रियाशील
छन् । समाज
, प्रकृति, जीवन, दर्शन, वर्गसङ्घर्षजस्ता स्थूल विषयदेखि मानवजीवनका
सुक्ष्मतम मनोद्वन्द्व
, प्रेम, पीडा,
आशा, निराशा, चिन्ताजस्ता
भावनालाई पनि सहज शब्दबुनोट र सुन्दर शैलीमा अभिव्यक्ति दिन्छन् गिरीका कविताले ।
आम मान्छेका सुखदुःखलाई वाणी दिने
, जीवन महत्ताको गाथा गाउने,
सङ्घर्षशीलहरुसँग ऐक्यबद्धता जनाउने, विकृत
दुनियाँको विरूद्धमा निर्धक्क उभिने – गिरीका यी कविता कोमल लवजका तिख्खर स्वरहरु
हुन् ।”

पाँच दशकदेखि नेपालको
प्रगतिशील सांस्कृतिक आन्दोलन
, साहित्य–फाँट र सङ्गठनका
क्षेत्रमा पनि क्रियाशील गिरी प्रगतिशील लेखक सङ्घका पूर्वअध्यक्ष समेत हुन् ।
उनले नेपाली प्रगतिवादी कवितामा विद्यावारिधि अनुसन्धान गरेका छन् ।

प्रकाशित मिति २०८२ मङ्सिर १७ गते मङ्गलबार ०१:५६