नेल्टा गण्डकीको नेतृत्वमा लम्साल

नेल्टा गण्डकीको नेतृत्वमा लम्साल

Education News

@edunewsnp

२०८० पुस ८ गते आईतबार ०३:२६

 जुना थापा पोखरा । अङ्ग्रेजी भाषा शिक्षकहरुको संगठन NELTA (नेल्टा) गण्डकी प्रदेशको अध्यक्षमा कमलराज लम्साल चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न दोश्रो प्रदेश सम्मेलन तथा छैटौं वार्षिक साधारण सभाले लम्साललाई आगामी ३ वर्षको लागि...

 


जुना थापा

पोखरा । अङ्ग्रेजी भाषा शिक्षकहरुको
संगठन
NELTA (नेल्टा) गण्डकी प्रदेशको अध्यक्षमा कमलराज लम्साल चयन भएका छन् ।
शनिबार पोखरामा सम्पन्न दोश्रो प्रदेश सम्मेलन तथा छैटौं वार्षिक साधारण सभाले
लम्साललाई आगामी ३ वर्षको लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

नवगठित कार्यसमितिको वरिष्ठ
उपाध्यक्षमा डा. पीताम्बर पौडेल
, उपाध्यक्षमा सञ्जय अधिकारी, महासचिवमा
मुकेश कुमार अधिकारी
, सचिवमा विनोद न्यौपाने, कोषाध्यक्षमा तिर्थराज कँडेल चयन भएका
छन् भने सदस्य सचिवमा देव शर्मालाई चयन गरिएको छ ।

 त्यसैगरी सदस्यहरुमा विजयराज रानाभाट, प्रकाश
रिजाल र सीता गौडेल रहेका छन् । नेल्टाको विधान अनुसार जिल्ला अध्यक्ष प्रदेश
समितिमा पदेन सदस्य रहने व्यवस्थाअनुसार कास्कीबाट अजय थापा
, गोर्खाबाट
रामचन्द्र दुवाडी
, तनहुँबाट लालप्रसाद भट्टराई, नवलपुरबाट तिर्थराज कँडेल रहेका छन् ।
यी बाहेक अन्य जिल्लाबाट भने जिल्ला अध्यक्षहरु नै प्रदेश समितिमा चयन भएकोले नयाँ
अध्यक्ष चयन पश्चात् पदेन सदस्य रहनेछन् ।

नेल्टा गण्डकीका अध्यक्ष डा.नवराज
न्यौपानेको अध्यक्षता तथा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमराज
अर्यालको प्रमुख आतिथ्यतामा उक्त सम्मेलन सम्पन्न भएको हो । नेल्टा केन्द्रीय
अध्यक्ष मोतीकला सुब्बा देवान तथा सल्लाहकार हेमन्तराज दाहाल विशेष अतिथि तथा
कार्यक्रममा कार्यपत्र प्रस्तोताको रुपमा रहेका थिए । कार्यक्रममा
English
Language Fellow आन्द्रे पेरेजले पनि कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमका सञ्चालक महासचिव
लक्ष्मणबाबु आचार्यले महासचिवको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा मुकेश कुमार
अधिकारीले कोषध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसै गरी गण्डकी प्रदेश अन्तर्गतका ८
जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकहरुको उपस्थितिमा गठित समितिको प्रथम बैठक
अध्यक्ष कमल लम्सालको अध्यक्षतामा शनिबार नै

सम्पन्न भएको छ। बैठकले निवर्तमान
समिति
, निर्वाचन आयोगका संयोजक तथा केन्द्रका सल्लाहकार हेमन्तराज दाहाल,
सदस्य
पुरण कुँवर र केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवान र उपस्थित सम्पूर्णलाई
धन्यवाद ज्ञापनको प्रस्ताव पारित गर्‍यो । त्यसैगरी नेल्टा गण्डकीको जर्नल
प्रकाशनार्थ विनोद न्यौपाने प्रमुख सम्पादक रहेको ३ सदस्यीय सम्पादक मण्डल पनि गठन
गरेको छ ।

प्रकाशित मिति २०८० पुस ८ गते आईतबार ०३:२६