स्याङ्जामा नियमित भेटघाट तथा सिर्जना वाचन

स्याङ्जामा नियमित भेटघाट तथा सिर्जना वाचन

Education News

@edunewsnp

२०८३ जेठ ४ गते सोमबार ११:३६

 स्याङ्जा । साहित्यिक अभियानमा स्याङ्जाली नारीद्वारा आयोजित नियमित भेटघाट तथा सिर्जना वाचन समारोह सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष लक्ष्मी रेग्मी खनालको सहजीकरणमा भएको कार्यक्रममा स्याङ्जाली साहित्यकारहरूको सहभागिता रहेको...

 

स्याङ्जा
साहित्यिक अभियानमा स्याङ्जाली नारीद्वारा आयोजित नियमित
भेटघाट तथा सिर्जना वाचन समारोह सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष
लक्ष्मी रेग्मी खनालको सहजीकरणमा भएको कार्यक्रममा स्याङ्जाली साहित्यकारहरूको
सहभागिता रहेको थियो । नियमित भेटघाट र सिर्जना वाचन कार्यक्रम नाम दिइएको
कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीर
, भेषजराज साहित्य प्रतिष्ठान, वालिङ, स्याङ्जाका अध्यक्ष यमकान्त खनाल र
सचिव श्यामप्रसाद ढुङ्गाना
, जेष्ठ नारी स्रष्टा दमकला बगाले, अग्रज साहित्यकार लेखनाथ काफ्ले, सर्जक कमलप्रसाद बगाले, वसन्त खनाल, ढालबहादुर केसी, सिर्जना
खनाल
, सरस्वती काफ्ले, मञ्जु पराजुली,  आशिष मिजारलगायतले आफ्ना
उत्कृष्ट रचना वाचन गरेका थिए ।

कार्यक्रममा सूर्यप्रसाद
खनालले नारी स्रष्टाको यो कर्म सराहनीय रहेको र निरन्तरतालाई मुख्य केन्द्रविन्दु
बनाउनुपर्ने धारणा राखे । कार्यक्रममा गीता ढकाल
, रमेश
अधिकारी
, विश्व पराजुली, देव बुढाथोकी,
सूर्यांश काफ्ले र सुलभ खनाललगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८३ जेठ ४ गते सोमबार ११:३६