कपन बानेश्वर साहित्यिक साप्ताहिकको १३ औँ वार्षिकोत्सवमा विविध सम्मान

कपन बानेश्वर साहित्यिक साप्ताहिकको १३ औँ वार्षिकोत्सवमा विविध सम्मान

Education News

@edunewsnp

२०८२ साउन ७ गते मङ्गलबार ०४:५७

 रामकुमार श्रेष्ठ ‘फुच्चे’ लमजुङ, साउन ६ गते । श्रष्टा सम्मान पुरस्कार अर्पण र विवध कार्यक्रम  सहित नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वर साहित्यिक साप्ताहिकले विगतका वर्ष झैँ यो वर्ष पनि १३ औँ वार्षिकोत्सव...

 

रामकुमार श्रेष्ठ ‘फुच्चे’

लमजुङ, साउन ६ गते । श्रष्टा
सम्मान पुरस्कार अर्पण र विवध कार्यक्रम 
सहित नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वर
साहित्यिक साप्ताहिकले विगतका वर्ष झैँ यो वर्ष पनि १३ औँ वार्षिकोत्सव समारोह
सम्पन्न गरेको छ । उक्त अवसरमा कबाका स्तम्भ कवि त्रिलोचन आचार्यबाट स्वागत तथा
कबा साहित्यकार उपचार कोषका गतिविधिप्रति जानकारी गराउनुभयो ।

कार्यक्रममा एघारजना
स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मानित गरियो । कबा विशिष्ट सम्मान साहित्यकारहरु
मदनराज थापा
, चन्द्रा न्यौपाने र मुरलीप्रसाद ढकाललाई ,
कबा सम्मान शम्भु चालिसे र रन्जु खनाललाई, महेन्द्र
चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार उद्धव अविचललाई
, नालाङ्
कबा रचना पुरस्कार राजेशमान केसीलाई
, पुष्करप्रसाद श्यामा
खरेल स्मृति कबा रचना पुरस्कार प्रीति कौरलाई
, गङ्गा लिगल
कबा रचना पुरस्कार रामकुमार श्रेष्ठ फुच्चेलाई
, हेमगङ्गा कबा
रचना पुरस्कार पूजा शाहीलाई
, भमरकोटे कबा सुसेली पुरस्कार
सुरेशचन्द्र घिमिरेलाई अर्पण गरिएको थियो ।

प्रमुख अतिथि सबैजनालाई
भनिएकोले सम्मानित तथा पुरस्कृतहरुलाई प्राडा हेमनाथ पौडेल
, शुकदेव उपाध्याय, प्राडा गोविन्दमान सिंह कार्की,
प्रल्हाद पोखरेल, वेदमणी घिमिरे, मोहन चापागाईं, कृष्ण सुवेदी, विक्रम
श्रेष्ठ सागर
, ओमप्रसाद कोइरालाले  प्रमाणपत्र, दुर्गा
अधिकारी भमरकोटे
, गङ्गा पौडेल, महेन्द्र
चालिसे
, गङ्गा लिगल र सन्चिता खरेलले नगद अर्पण गर्नुभएको
थियो । यसरी नै ध्रुवराज थापा पुरुष
, वासुदेव पौडेल, चेवन बस्नेत, मदन नेपाल, बद्रीनाथ
पौडेल
, विमल अर्याल, भगवान कोइराला,
पुष्कर जङ्गम, म्हेन्डुप लामा, सन्तोषकुमार पोखरेल, आलोक चालिसे, रामकुमार पण्डित, कृष्ण आचार्य, अमर अधिकारी, रजनी बस्नेत, करुणा
पोखरेल
, यदुनाथ वसन्तपुरे, कृष्ण
सुवेदी निराकार
, रमेशप्रसाद खनाल, गीता
बराल
, बुद्धिप्रसाद तिमल्सिना, जमुना
पोखरेलले  खादा तथा केशव सान्दाइ
, सुशील आचार्य, भलाद्मी भोला,अरुणा
ढकाल
,किशोर श्रेष्ठ, विजयध्वज थापा,
श्रीप्रसाद पौडेल , प्रकाश बस्नेत गफाडी,
नारायणप्रसाद जोशी, कृष्ण प्रसाद पौडेल
जस्ताघरे
, जयराम बिडारीले प्रमाणपत्र तथा अविर खादा ढाका सास
लगाइदिनुभएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेको
सम्झनामा एक मिनेत मौन धारण गरिएको थियो भने अटिजम नामक फिल्म युट्युवमा हेर्न
सकिने गरी सार्वजनिक पनि गरिएको थियो।

कार्यक्रमका सभापति
शङ्कर भारती
,पत्रिकाका सम्पादक प्रकाशक निबन्ध आचार्य र
कबा साहित्यकार उपचार कोषका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेले कबा र कबा
साहित्यकार उपचार कोषको बारेमा प्रकाश पार्नुभएको थियो । कपन बानेश्वरका
व्यवस्थापक विमल कोइरालाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

प्रकाशित मिति २०८२ साउन ७ गते मङ्गलबार ०४:५७