ज्योति विकास बैङ्कद्वारा वित्तीय साक्षरता कार्यक्रम

ज्योति विकास बैङ्कद्वारा वित्तीय साक्षरता कार्यक्रम

Education News

@edunewsnp

२०८२ चैत २ गते सोमबार ०४:१८

पोखरा, चैत २ गते । ज्योति विकास बैङ्कले छोरेपाटन मावि, पोखरा-१७ का विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सोमवार सम्पन्न गरेको छ । ग्लोबल मनि विक २०२६ को अवसरमा बैङ्कले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको पोखरा शाखाका...



पोखरा,
चैत २ गते ।
ज्योति विकास बैङ्कले छोरेपाटन मावि, पोखरा-१७
का विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सोमवार सम्पन्न गरेको छ ।

ग्लोबल मनि विक २०२६ को
अवसरमा बैङ्कले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको पोखरा शाखाका प्रबन्धक
रेशमलाल श्रेष्ठले जानकारी दिए । छोरेपाटन माविमा कक्ष ११ र १२ मा व्यवस्थापन समूहमा
अध्ययनरत विद्यार्थीहरूका लागि सञ्चालन गरिएको कार्यक्रममा बुद्धिमानीपूर्वक
आर्थिक योजना निर्माण गर्नुपर्ने, आजको स्मार्ट छनोटले भविष्य सुरक्षित हुनेलगायतका
विषयमा छलफल भएको थियो ।

बैङ्कले ‘स्मार्ट मनी
टक्स’  भन्ने मुख्य नारालाई आत्मसात् गर्दै
मार्च १६ देखि मार्च २२
, २०२६ सम्म मुलुकका सातै
प्रदेशमा रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत सप्ताहव्यापी रूपमा विद्यार्थी तथा
युवालाई लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैङ्किङ,
बिमा, लगानी, अतिरिक्त
बैङ्किङ सेवा
, वित्तीय ठगीबाट बच्ने उपाय तथा वित्तीय
अनुशासनसम्बन्धी विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको थियो । कार्यक्रममा शाखा
प्रबन्धक रेशमलाल श्रेष्ठ, सेवाग्राही विभागकी नीलु रानाभाट र अपरेसन इन्चार्ज
सरस्वती बरालले सहजीकरण गरेका थिए

बैङ्कले नेपाली
नागरिकहरूलाई विभिन्न बैंकिङ सेवाहरू प्रदान गर्नुका साथै संयुक्त राज्य अमेरिका
, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया,
मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार,
यूएई, बहराइन, कुवेत,
भारत, जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स
सेवा उपलब्ध गराउँदै आएको प्रबन्धक रेशमलाल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा
बैङ्कको गण्डकी प्रदेशका जनसम्पर्क प्रबन्धक शिव पौडेलले धन्यवाद ज्ञापन
गरेका थिए ।



प्रकाशित मिति २०८२ चैत २ गते सोमबार ०४:१८