धम्पुस पोखरी घोताने चेलीबेटीको १ लाख सहयोग

धम्पुस पोखरी घोताने चेलीबेटीको १ लाख सहयोग

Education News

@edunewsnp

२०८३ असोज ४ गते आईतबार ०७:१८

पोखरा, असोज ४ गते । धम्पुस पोखरी घोताने चेलीबेटी समूह, पोखराले रसुवाको भोटेकोशी बाढीपीडितका लागि १ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । सङ्कलित रकमलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको आधिकारिक खातामा दाखिला गरेपश्चात्...

पोखरा, असोज ४ गते । धम्पुस पोखरी घोताने चेलीबेटी समूह, पोखराले रसुवाको भोटेकोशी बाढीपीडितका लागि १ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

सङ्कलित रकमलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको आधिकारिक खातामा दाखिला गरेपश्चात् समूहकी अध्यक्ष मायाकुमारी गुरुङले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सहयोगको हात फैलाउन अपिल गरेकी छन् ‘आपतविपतको समयमा संसारभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले मन फुकाएर थोपाथोपा गरी मद्दत एवम् सहयोग गरौँ,’ अध्यक्ष गुरुङले भनिन् ।

तीज पर्वको अवसरमा हुने परम्परागत दर खाने कार्यक्रमको खर्च कटौती गरी समूहले उक्त रकम सङ्कलन गरेको हो । धम्पुस पोखरीकी चेली तिलकुमारी गुरुङले वैदेशिक रोजगारीका क्रममा जापानबाट पठाएको ३० हजार ५ रुपैयाँ समेत कोषमा जम्मा गरिएको जानकारी विष्णु गुरुङ ‘एकता’ ले दिइन् ।

धम्पुस पोखरी, घलेल, लान्द्रुक, कुदवीडाँडा, बरालडाँडा, घाचोक र लाहाचोक गरी ७ विभिन्न गाउँका १ सय २० भन्दा बढी चेलीबेटीहरू तीजमा एकै ठाउँमा भेला भई भोजभतेरमा हुने खर्चलाई बाढीपीडितको राहतमा लगाउने सामूहिक निर्णय गरेका हुन् । सचिव जगन गुरुङका अनुसार तीजको खुसीलाई सामाजिक सेवामा जोड्दै चेलीबेटीहरूले यो परोपकारी कदम चालेका हुन् ।

 

प्रकाशित मिति २०८३ असोज ४ गते आईतबार ०७:१८