काठमाडौँ
। नेपाल गणित समाजले आफ्नो ४६ औं वार्षिक साधारण सभा, गणित केन्द्रीय विभागको
सभाकक्षमा समाजका सभापति प्राडा प्राडा
नारायणप्रसाद पहारीको अध्यक्षतामा सम्पन्न गरेको छ |
काठमाडौं विश्वविद्यालयका परीक्षा नियन्त्रक प्राडा रामप्रसाद घिमिरे प्रमुख
आमन्त्रित रहनुभएको उक्त सभालाई सहसचिव सहप्राध्यापक डा ईश्वरमणि अधिकारीले
संचालन गरेका थिए | समाजका उपसभापति सहप्राध्यापक डा श्रीराम खडकाले स्वागत तथा
समाजका गतिविधिमाथि प्रकास पारेको उक्त सभामा समाजकै केन्द्रिय सदस्य डा जीवन
काफ्लेले समाजले गर्न लागेका निकटवर्ती वर्कसप तथा सेमिनारहरूका बारेमा जानकारी
राखेका थिए | उद्घाटन लगत्तै सुरु भएको बन्द सत्रमा समाजका कोषाध्यक्ष डा अन्जना
पोखरेलद्वारा प्रस्तुत कोषाध्यक्षको
प्रतिवेदन र सहसचिव डा ईश्वरमणि अधिकारी द्वारा प्रस्तुत सचिवको प्रतिवेदन सभाले
सर्वसम्मतिले पारित गर्यो | सचिवको प्रतिवेदन प्रस्तुत गर्दै डा अधिकारीले सिमोंस
फाउन्डेसनसित मिलेर गरिएका राष्ट्रिय तथा प्रादेशिक वर्कसपहरू, जर्नल प्रकासन, आन्मा तथा गणित केन्द्रीय विभागसित मिलेर गरिएका झन्डै डेढ
दर्जन टक सेरिजहरू, दर्जनौं संख्यामा चलेका सेमिनार, गोष्ठी, फेलोसिप वितरण लगायत समाजका विविध गतिविधिहरू माथि
प्रकाश पार्दै अब यी कार्यक्रमहरू चुस्तदुरुस्त रूपमा संचालन गर्न समाजले हरेकका
लागि अलगअलग अक्षयकोषको व्यवस्था गरेको र उक्त कोषको व्याजबाट नै ती कार्यक्रमहरू
सम्पन्न गर्न सकिनेगरी अक्षयकोषको व्यवस्था गरिएको जनाउंदै हाल समाजसित Prof H N Bhattarai
Research Award , Prof
Sankar Raj Panta Research Award , NMS-ANMA
Undergraduate Research Fellowship , NMS-ANMA
Master Entrance Award, JNMS
Best Paper Award, NMS
Master Thesis Support, NMS
Conference Support , NMS
Life member Fund रहेको जानकारी
दिनुभयो |
उक्त
सभामा समाजका पूर्व सभापति प्राडा टंकनाथ धमला र केन्द्रीय विभागका प्रमुख तथा नेपाल
गणित समाजका निवर्तमान अध्यक्ष प्राडा चेतराज भट्टले शुभकामना मन्तव्य राखेका थिए
| प्रमुख आमन्त्रितको मन्तव्य राख्दै प्राडा घिमिरेले अहिलेको युग AI को युग भएकोले प्राध्यापकहरू र अझ खासगरी गणित विज्ञानका
प्राध्यापकहरू AI सित अभ्यास्त
हुन र त्यसलाई आफ्नो सहयोगीको रूपमा उपयोग गर्नु पर्नेमा जोड दिए | अध्यक्षको
आसनबाट प्राडा पहारीले गएको तीन वर्षमा समाजले आफ्ना गतिविधिहरू मार्फत थुप्रै
रचनात्मक कार्यक्रम गर्न सफल भएकोमा आफूलाई सन्तोष लागेको र यो सबका लागि समाजसंग
सम्बद्ध सबै सदस्य तथा शुभेच्छुकहरूका प्रति कृतज्ञता जाहेर गर्नुका अतिरिक्त निकट
भविष्यमै निर्धारित समयमा वार्षिक अधिवेशन
गरी अझै सक्षम र सबल टिमलाई आफू नेतृत्व हस्तान्तरण गर्ने सोचमा रहेको बताउनु भयो
|
उदघाटन
सत्रको लगत्तै “ विश्वविध्यालयमा गणित, अवसर र चुनौती र यसमा गणित समाजको भूमिका”
विषयक छलफल सत्र डा श्रीराम खडकाको सहजीकरणमा संचालन गरियो | सोका प्यानलिस्टहरूमा
काठमाडौं विश्वविद्यालयबाट प्राडा रामप्रसाद घिमिरे, त्रिवि इन्जिनियरिङबाट प्राडा ज्ञानबहादुर थापा, नेपाल संस्कृतबाट प्राडा दीनेश पन्थी, त्रिवि शिक्षा र विज्ञानप्रविधिबाट अवतार सुबेदी र डा ईश्वरमणि अधिकारी रहेका थिए । छलफलमा विश्वविद्यालयहरूमा गणितको अध्ययन, अध्यापन तथा अनुसन्धानहरूमा भोगिएको समस्या, विद्यार्थीहरूको गणितप्रतिको घट्दो रुचि, प्राध्यापकहरूले भोगेका समस्या, मुलुकको शैक्षिक दुरावस्था लगायतका अतिरिक्त गणितको सौन्दर्य, महत्ता र व्याप्तिमाथि चर्चा गरिएको थियो । अन्त्यमा सभापति पहारीले छलफलको निचोड सम्बन्धित निकायसम्म पुर्याउने र समाजले सदा खबरदारी तथा पहरेदारीको जिम्मेवारी बहन गर्ने बताउँदै सम्बध्द सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।







