रतनपाण्डेमा डेंगु रोगसम्बन्धी अभिमुखीकरण

रतनपाण्डेमा डेंगु रोगसम्बन्धी अभिमुखीकरण

Education News

@edunewsnp

अशोज १३, २०८३

पोखरा, असोज १३ गते  । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको प्राविधिक सहयोग तथा नेपाल जुनियर रेडक्रस सर्कल रतनपाण्डे माध्यमिक विद्यालय, पोखरा–१३ को व्यवस्थापनमा डेंगु रोगसम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम मङ्गलबार...

पोखरा, असोज १३ गते  । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको प्राविधिक सहयोग तथा नेपाल जुनियर रेडक्रस सर्कल रतनपाण्डे माध्यमिक विद्यालय, पोखरा–१३ को व्यवस्थापनमा डेंगु रोगसम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ ।

विद्यालय तहबाटै डेंगु रोगसम्बन्धी सचेतना अभिवृद्धि गर्दै घरपरिवार तथा समुदायमा हुन सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा डेंगु रोगका कारण, सर्ने तरिका, प्रमुख लक्षण, बच्ने उपाय तथा रोग नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानीका विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा करिब १२० जना विद्यार्थीलाई अभिमुखीकरण तथा प्रशिक्षण प्रदान गरिएको थियो । प्रशिक्षणसँगै विद्यालय परिसर तथा आसपासको क्षेत्रमा डेंगु फैलाउने लामखुट्टेको बासस्थान तथा सम्भावित प्रजननस्थलको खोजी र नष्ट गर्ने अभियानसमेत सञ्चालन गरिएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीले विद्यालय तथा समुदायस्तरमा डेंगु रोगसम्बन्धी सचेतना अभिवृद्धि गर्न सञ्चालन गर्दै आएको अभियानबारे जानकारी दिइएको थियो । विद्यालय तहमा यस्ता सचेतनामूलक गतिविधि सञ्चालन गर्दा विद्यार्थी, विद्यालय, परिवार तथा समुदायमा सकारात्मक सोचको विकास हुनुका साथै स्वास्थ्य जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्नेमा जोड दिइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपमन्त्री डिल्लीराम बरालले विद्यालय तहबाटै डेंगु रोगसम्बन्धी सचेतना विस्तार गर्न सके विद्यार्थीमार्फत घरपरिवार र समुदायसम्म प्रभावकारी सन्देश पुर्‍याउन सकिने बताउनुभयो । उहाँले डेंगु नियन्त्रण तथा रोकथाममा जुनियर युवा रेडक्रसका स्वयंसेवकहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक विष्णु प्रसाद दाहालले सहभागी शिक्षक, विद्यार्थी तथा प्रशिक्षकहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सूचना अधिकारी नवराज भण्डारी र अवतार रोकामगरले डेंगु रोगसम्बन्धी प्रशिक्षण तथा अभिमुखीकरण प्रदान गर्नुभएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य शिक्षकनायक राधादेवी बरालले गर्नुभएको थियो भने नेपाल जुनियर रेडक्रस सर्कल रतनपाण्डे माध्यमिक विद्यालय, पोखरा–१३ की सभापति रुकुमाया भुजेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यालय तथा समुदायमा डेंगु रोगको जोखिम न्यूनीकरणका लागि विद्यार्थी, शिक्षक, अभिभावक तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा कार्यक्रमका वक्ताहरूले जोड दिएका थिए ।

प्रकाशित मिति अशोज १३, २०८३