रूपा गाउँपालिकाबाट काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि चुनिइन् १८ वर्षकी आकृति

रूपा गाउँपालिकाबाट काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि चुनिइन् १८ वर्षकी आकृति

Education News

@edunewsnp

अशोज ६, २०८३

पोखरा, असोज ६ गते । नेपाली काङ्ग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्कीको रूपा गाउँपालिका वडा नम्बर १ बाट १८ वर्षीय आकृति अधिकारी क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी छन्। ​युवा पुस्तामा राजनीतिप्रति वितृष्णा बढिरहेको भनिएको...

पोखरा, असोज ६ गते । नेपाली काङ्ग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्कीको रूपा गाउँपालिका वडा नम्बर १ बाट १८ वर्षीय आकृति अधिकारी क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी छन्।

​युवा पुस्तामा राजनीतिप्रति वितृष्णा बढिरहेको भनिएको वर्तमान समयमा १८ वर्षीया अधिकारीको यो सानदार जितले नयाँ पुस्तामा उत्साह र आशाको सञ्चार गरेको विश्लेषण गरिएको छ । “राष्ट्र, जनता र समृद्ध नेपालका लागि नेपाली काङ्ग्रेस” भन्ने पार्टीको मूल मर्मलाई आत्मसात् गर्दै उनी यति कलिलै उमेरमा राजनीतिमा होमिएकी हुन् ।

​रूपा गाउँपालिका वडा नम्बर १ का जनता, युवावर्ग र पार्टीका अग्रजहरूको पूर्ण साथ र समर्थनसहित उनी यस गरिमामय पदमा चयन भएकी हुन् । विद्यालय स्तरको अध्ययन पूरा गर्नेबित्तिकै पार्टीको महत्त्वपूर्ण साङ्गठनिक जिम्मेवारीमा पुगेकी आकृतिलाई समग्र रूपा गाउँपालिका र कास्की जिल्लामै एक ऊर्जावान् र सम्भावना बोकेकी उदीयमान युवा नेतृका रूपमा हेरिएको छ ।

प्रकाशित मिति अशोज ६, २०८३