गण्डकी विश्वविद्यालयको परीक्षा नियन्त्रकमा डा. सुवेदी

गण्डकी विश्वविद्यालयको परीक्षा नियन्त्रकमा डा. सुवेदी

Education News

@edunewsnp

अशोज ६, २०८३

पोखरा, असोज ६ गते । गण्डकी विश्वविद्यालयको परीक्षा नियन्त्रक डा. मधुसुधन सुवेदी नियुक्त भएका छन् । नवनियुक्त परीक्षा नियन्त्रक सुवेदीले सोमबार पदभार ग्रहण गरेका छन् । उनको कार्यकाल ४ वर्ष रहने छ । गण्डकी विश्वविद्यालयले भदौ १७...

पोखरा, असोज ६ गते । गण्डकी विश्वविद्यालयको परीक्षा नियन्त्रक डा. मधुसुधन सुवेदी नियुक्त भएका छन् ।

नवनियुक्त परीक्षा नियन्त्रक सुवेदीले सोमबार पदभार ग्रहण गरेका छन् । उनको कार्यकाल ४ वर्ष रहने छ । गण्डकी विश्वविद्यालयले भदौ १७ गते सूचना प्रकाशन गरी इच्छुक उम्मेद्‍वारबाट आवेदन आह्वान गरेको थियो । सोहीबमोजिम खुला प्रतिस्पर्धाबाट छनोट भएका सुवेदीलाई असोज २ गते बसेको विश्वविद्यालयको कार्यकारी परिषद्ले नियुक्त गरेको विश्वविद्यालय स्रोतले बताएको छ । सो पदका लागि आवेदन दिएका ५ जनामध्ये ३ जनाको नाम सङ्क्षिप्त सूचीमा परेको थियो ।

उपकुलपति डा. कृष्णराज अधिकारीको संयोजकत्वमा रजिस्ट्रार डा. ढाकाराम भण्डारी र डिन प्रा. हिमराज गिरी सदस्य रहेको छनोट तथा सिफारिस समितिले पदपूर्तिको प्रक्रिया अगाडि बढाएको थियो ।

स्याङ्जा स्थायी ठेगाना भएका डा. सुवेदी गण्डकी विश्वविद्यालयमै कानुन तथा व्यवस्थापन सङ्कायअन्तर्गत खेलकुद व्यवस्थापन कार्यक्रमका उपप्राध्यापक हुन् ।
प्रकाशित मिति अशोज ६, २०८३