काठमाडौँ, असोज १७ गते । विद्यालय तहमा अध्यापनरत देशभरका नेपाली विषयशिक्षकहरू नेपाली भाषा शिक्षक समाजमार्फत सङ्गठित भएका छन् ।
शनिवार काठमाडौँमा आयोजित नेपाली विषयशिक्षकहरूको राष्ट्रिय भेलाले नारायणप्रसाद गौतमको अध्यक्षतामा ९९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
नेपाली भाषाको सबलीकरण तथा सुदृढीकरण गर्ने उद्देश्यले गठित समाजको उपाध्यक्षमा उमेश अधिकारी (काठमाडौँ), महिला उपाध्यक्षमा राममाया अधिकारी (काठमाडौँ), प्रदेश उपाध्यक्षमा हरिप्रसाद तिमिल्सिना (काभ्रे) र रुपिन्द्र प्रभावी जोशी (गण्डकी) चयन भएका छन् । समितिको महासचिवमा राजेन्द्रप्रसाद रिमाल (ललितपुर), उपमहासचिवमा पुरनप्रसाद पैँतौला (काठमाडौँ), बुद्धिसागर अधिकारी (ललितपुर) र शकुन्तला भण्डारी (काठमाडौँ) तथा सचिव (अर्थ) मा जीवराज आचार्य (काठमाडौँ) रहेका छन् ।
त्यसै गरी केन्द्रीय सदस्यहरूमा अर्जुनकुमार श्रेष्ठ (काठमाडौँ), नवराज भेटुवाल (काठमाडौँ), शिवराम चालिसे (काठमाडौँ), विमला लामिछाने (ललितपुर), नीता पोखरेल (काठमाडौँ), मणिराम घिसिङ (काठमाडौँ), गणेश बुढा (ललितपुर), हिमालयप्रसाद शर्मा (काठमाडौँ), विक्रमराज भट्टराई (ललितपुर), प्रतिमा पौडेल (काठमाडौँ), खेमनाथ सापकोटा (ललितपुर), विश्वराज खनाल (ललितपुर), देवीप्रसाद खरेल (ललितपुर), सरिता ढकाल फुँयाल (काठमाडौँ), सुरेशकुमार बस्नेत (धादिङ), लक्ष्मीप्रसाद घिमिरे (सिन्धुली), शान्ता पन्थी (काठमाडौँ), डा. सीता सुवेदी पन्थी (भक्तपुर), रमेशचन्द्र घिमिरे (लमजुङ), माधवप्रसाद गौतम (मकवानपुर), भीमप्रसाद भुसाल (रूपन्देही), जुनामाया कार्की (तनहुँ), मोहन विष्ट (नुवाकोट), इन्द्रा खड्का (बागलुङ), गायत्रीप्रसाद खनाल (काठमाडौँ) र भूपेन्द्र बिसी (सुर्खेत) रहेका छन् ।
त्यसैगरी, केन्द्रीय सल्लाहकार परिषद्मा डा. जानुका नेपाल (काठमाडौँ), केदारप्रसाद दाहाल (काठमाडौँ) र कुमारप्रसाद खतिवडा (सिन्धुपाल्चोक) रहेका छन् ।
समाजले नेपाली भाषा, साहित्य र शिक्षणसँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्ने भन्दै देशभरका नेपाली विषयशिक्षकहरूलाई संस्थामा आबद्ध हुन नवगठित तदर्थ समितिका अध्यक्ष नारायणप्रसाद गौतमले आग्रह गरेका छन् ।
प्रकाशित मिति २०८३ असोज १७ गते शनिवार ०९:१०






