आज विश्व शिक्षक दिवस मनाइँदै

आज विश्व शिक्षक दिवस मनाइँदै

Education News

@edunewsnp

२०८३ असोज १९ गते सोमबार ०८:१३

काठमाडौँ, असोज १८ गते । आज विश्वभर विश्व शिक्षक दिवस मनाइँदै छ । शिक्षकको योगदान, अधिकार र व्यावसायिक मर्यादाप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष अक्टोबर ५ मा मनाइने यो दिवसले गुणस्तरीय र समावेशी शिक्षाका लागि योग्य तथा उत्प्रेरित...

काठमाडौँ, असोज १८ गते । आज विश्वभर विश्व शिक्षक दिवस मनाइँदै छ । शिक्षकको योगदान, अधिकार र व्यावसायिक मर्यादाप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष अक्टोबर ५ मा मनाइने यो दिवसले गुणस्तरीय र समावेशी शिक्षाका लागि योग्य तथा उत्प्रेरित शिक्षकको भूमिकालाई जोड दिँदै आएको छ ।

शिक्षकको स्थिति र अधिकारसम्बन्धी ऐतिहासिक सिफारिस पारित भएको दिनको स्मरणमा युनेस्कोको आह्वानमा सन् १९९४ देखि हरेक वर्ष अक्टोबर ५ लाई औपचारिक रूपमा विश्व शिक्षक दिवसका रूपमा मनाउन थालिएको हो ।

सन् १९६६ अक्टोबर ५ मा युनेस्को र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) को संयुक्त आयोजनामा शिक्षकको स्थिति सम्बन्धी सिफारिस पारित भएको थियो ।

दिवसले समाज र राष्ट्र निर्माणमा शिक्षकले पुर्‍याएको योगदानको कदर तथा सम्मान गर्नुका साथै शिक्षकका अधिकार, सुरक्षित कार्यस्थल, सेवा–सुविधा र व्यावसायिक क्षमता अभिवृद्धिका विषयमा विश्वव्यापी ध्यानाकर्षण गराउने उद्देश्य राखेको छ ।

प्रकाशित मिति २०८३ असोज १९ गते सोमबार ०८:१३