प्रधानमन्त्री बालेनको सम्बोधन शुक्रवार बिहान

प्रधानमन्त्री बालेनको सम्बोधन शुक्रवार बिहान

रुपिन्द्र प्रभावी

@facebook

अशोज ८, २०८३

काठमाडौँ, असोज ८ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसङ्घको  महासभालाई शुक्रवार बिहान सम्बोधन गर्ने भएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन बुधवार संयुक्त राज्य अमेरिका पुगेका प्रधानमन्त्री...

काठमाडौँ, असोज ८ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसङ्घको  महासभालाई शुक्रवार बिहान सम्बोधन गर्ने भएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन बुधवार संयुक्त राज्य अमेरिका पुगेका प्रधानमन्त्री बालेनले वक्ताहरूको निर्धारित क्रमअनुसार शुक्रवार बिहान ५ देखि ६ बजेको समयमा सम्बोधन गर्ने कार्यक्रम रहेको र वक्ताहरूको क्रमअनुसार समय केही अगाडि वा पछाडि हुन सक्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम साहले फेसबुकमार्फत जानकारी दिएका छन् ।

पहिलो विदेश भ्रमणका क्रममा राष्ट्रसङ्घको महासभामा भाग लिन पुगेका प्रधानमन्त्री बालेन असोज १० गते शनिवार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री बालेनका राजनीतिक सल्लाहकार साहका अनुसार UN Web TV मार्फत उनको सम्बोधन लाइभ हेर्न सकिने छ ।

प्रकाशित मिति अशोज ८, २०८३