कक्षा १२ को परीक्षा स्थगित, वैशाख २१ देखि सञ्चालन हुने (भिडियो)

कक्षा १२ को परीक्षा स्थगित, वैशाख २१ देखि सञ्चालन हुने (भिडियो)

Education News

@edunewsnp

२०८२ बैशाख ९ गते मङ्गलबार ०३:०६

 काठमाडौं । वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको छ । शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि राष्ट्रिय परीक्षा बोर्डले अन्तिम क्षणमा आएर परीक्षा स्थगित गरेको हो ।यसअघि मङ्गलवार बिहान बोर्डको बैठकले जिल्ला...

 

काठमाडौं
वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको छ । शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि
राष्ट्रिय परीक्षा बोर्डले अन्तिम क्षणमा आएर परीक्षा स्थगित गरेको हो ।

यसअघि मङ्गलवार बिहान बोर्डको बैठकले जिल्ला परीक्षा समन्वय समितिमार्फत निजमती कर्मचारीको समेत प्रयोग गरी परीक्षा पूर्वनिर्धारित समयतालिकाबमोजिम नै सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णयको निजामती कर्मचारीसहित विभिन्न क्षेत्रबाट आलोचना भएपछि प्रधानमन्त्रीको निर्देशनसमेतका आधारमा स्थगित गरिएको हो ।

परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख २१ गतेदेखि परीक्षा सञ्चालन गरिने जानकारी दिए ।



प्रकाशित मिति २०८२ बैशाख ९ गते मङ्गलबार ०३:०६