देशभरका नेपाली विषयका प्रशिक्षकका लागि प्रशिक्षक प्रशिक्षण

देशभरका नेपाली विषयका प्रशिक्षकका लागि प्रशिक्षक प्रशिक्षण

Education News

@edunewsnp

२०८३ जेठ ४ गते सोमबार ०३:०३

 भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका नेपाली विषयका प्रशिक्षकहरूका लागि प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ । वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालित प्रशिक्षणमा कक्षा ११ र १२ को नेपाली विषयको टिपिडी प्रमाणीकरण...

 

भक्तपुर ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका नेपाली विषयका प्रशिक्षकहरूका लागि
प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ ।

वैशाख
२८ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालित प्रशिक्षणमा कक्षा ११ र १२ को नेपाली विषयको
टिपिडी प्रमाणीकरण तालिममा सहजीकरण गर्नका लागि योग्य प्रशिक्षक तयार पार्ने
उद्देश्यले कार्यक्रम आयोजना गरिएको तालिम संयोजक चिनाकुमारी निरौलाले जानकारी
दिइन् । तालिममा सातै प्रदेशका विषयगत प्राविधिक अधिकृत तथा रोस्टर प्रशिक्षकहरूको
सहभागिता रहेको थियो ।

प्रशिक्षणको
समापन कार्यक्रममा केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले तालिममा लिएको ज्ञान
र सिपलाई कार्यक्षेत्रमा लागू गर्न आग्रह गरे । प्रशिक्षणका सन्दर्भमा विगतभन्दा
आगतमा थप प्रभावकारी ढङ्गले कक्षा सञ्चालन भएको देखिने गरी अगि बढ्न उनको आग्रह थियो
। कार्यक्रममा सहभागीका तर्फबाट दुर्गादेवी खतिवडा र नारायणप्रसाद पाण्डेले
प्रशिक्षण उपलब्धिमूलक रहेको प्रतिक्रिया दिए ।

तालिममा
पाठ्यक्रम, पाठ्यपुस्तकको नवीन प्रयोग, शिक्षणमा नवप्रवर्तन, मूल्याङ्कन, सिर्जना
र परियोजना, भाषिक सिपहरू, विधागत परिचय र प्रयोग, समालोचनात्मक सिप, शैक्षणिक
सामग्री निर्माण र प्रयोग, पेसागत विकासलगायतका विषयमा प्रशिक्षण सञ्चालन गरिएको
थियो । प्रशिक्षणमा चिनाकुमारी निरौला, डा. धनप्रसाद सुवेदी, डा. दिनेश घिमिरे,
अणप्रसाद न्यौपाने, इन्दु खनाल, डा. देवी नेपाल, डा. उमेश काफ्ले, डा. प्रेम
चौलागाईँ, डा. हेमाङ्गराज अधिकारी, डा. लेखप्रसाद निरौला, उमेश अधिकारी, गौरीशङ्कर
पाण्डे र डा. रमेश भट्टराईले सहजीकरण गरेका थिए ।

 

प्रकाशित मिति २०८३ जेठ ४ गते सोमबार ०३:०३