शिक्षक सङ्गठनको वडा कमिटि गठन, अध्यक्षमा श्रीकान्त

शिक्षक सङ्गठनको वडा कमिटि गठन, अध्यक्षमा श्रीकान्त

Education News

@edunewsnp

२०८१ मङ्सिर ७ गते शुक्रबार ०२:०४

 पोखरा । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, पोखरा महानगर समितिले सङ्गठन सुदृढीकरण तथा विस्तार कार्यक्रमअन्तर्गत वडा नं. १ मा शिक्षक भेला गरी वडा कमिटि गठन गरेको छ । सङ्गठनले एक कार्यक्रमका बिच श्रीकान्त सापकोटाको अध्यक्षतामा ११...

 

पोखरा
। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन
, पोखरा महानगर समितिले सङ्गठन सुदृढीकरण तथा
विस्तार कार्यक्रमअन्तर्गत वडा नं. १ मा शिक्षक भेला गरी वडा कमिटि गठन गरेको छ । सङ्गठनले
एक कार्यक्रमका बिच श्रीकान्त सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति
सर्वसम्मत चयन गरेको हो ।

पोखरा
महानगरपालिका वडा नं. १ स्थित संस्कृत माध्यमिक विद्यालयमा आयोजित शिक्षक भेलामा
राष्ट्रिय मावि
, रत्न आविका शिक्षकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
नेराशिसं गण्डकी प्रदेश समितिका अध्यक्ष रोमहर्षण पौडेलको प्रमुख उपस्थितिमा
सम्पन्न समारोहमा  पोमनपा वडा नं. १ का
अध्यक्ष साहारा प्रधान
, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका गण्डकी
प्रदेशका अध्यक्ष विष्णुप्रसाद अधिकारी
, नेराशिसं जिल्ला समिति अध्यक्ष तीर्थराज ढकालले
शुभकामना मन्तव्य राख्नुभएको थियो । 
मन्तव्यको क्रममा प्रदेश समिति अध्यक्ष पौडेलले सांगठनिक गतिविधिको
जानकारीसहित शिक्षाको गुणस्तर अभिवृद्धि तथा सङ्गठन सुदृढीकरणका लागि संगठित
सदस्यलाई दरो गरी अघि बढ्न आग्रह गर्नुभयो । सापकोटाको अध्यक्षतामा गठित
कार्यसमितिको उपाध्यक्ष
, सचिव र कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः
तुलाराम पौडेल
, हरि अधिकारी, कलादेवी बराल तथा कृष्णप्रसाद पौडेल रहनु भएको छ
। यसैगरी भेलाबाट  शिक्षकहरू नारायणप्रसाद
पौडेल
, इन्द्रमाया
बास्तोला
, पुनम राणा बस्नेत, जिता पौडेल, सिर्जना पराजुली र जानुका बास्तोला सदस्यका
रूपमा चुनिनुभएको छ । केही सदस्यहरू विधानत मनोनित हुने प्रावधान छ । पोखरा महानगर
समिति अध्यक्ष यामनारायण लामिछानेले राष्ट्रिय माविबाट त्यसदिन मात्रै दर्जनौँ
शिक्षकहरु देशकै अग्रणी सङ्गठन
, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको मूलधारमा
समाहित भएको बताउँदै सङ्गठनप्रति देशैभरका शिक्षकको आकर्षण बढ्दै गएको जानकारी
दिनुभयो । नेराशिसं
, पोखरा महानगरसमितिका सचिव नेपाल प्रकाश अधिकारीले सञ्चालन
गर्नुभएको उक्त कार्यक्रमा जिल्ला सचिव दामोदर तिमिल्सिना
, शंकर तिवारी तथा हरि
अधिकारीले विविध पक्षमा सहजीकरण गर्नुभएको थियो । शिक्षाको गुणस्तर अभिवृद्धि तथा
पेसागत हकहितको लागि सङ्गठनले अभियानकै रूपमा देशैभर विभिन्न सांगठानिक तथा
रचनात्मक कार्यक्रम गर्दै आइरहेको छ ।

प्रकाशित मिति २०८१ मङ्सिर ७ गते शुक्रबार ०२:०४