शिवालय माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

शिवालय माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

Education News

@edunewsnp

२०८० भदौ १४ गते बिहिबार ०७:०६

थुम्की । शिवालय माविमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई बुधबार एक कार्यक्रम गरी स्वागत गरेका छन् ।कक्षा १२ की छात्रा अस्मिता थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रूपा...

थुम्की । शिवालय माविमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई बुधबार एक कार्यक्रम गरी स्वागत गरेका छन् ।

कक्षा १२ की छात्रा अस्मिता थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रूपा गाउँपालिका, वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले आफ्नो र विद्यालयको प्रतिष्ठा उच्च रहने गरी पढाइलाई अघि बढाउन शुभकामना दिए । उनले शिवालयका विद्यार्थी नेपाल सरकारको उच्च तहको कर्मचारी वा उच्च तहको राजनीतिक नेता भएको हेर्ने चाहना व्यक्त गर्दै विद्यार्थी र विद्यालयको उन्नतिका लागि आफू सदैव साथमै रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाले विद्यार्थीहरूलाई अनुशासनपूर्वक अध्ययन गर्न सुझाव दिए । कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावी, कक्षा ११ का तर्फबाट सन्जोग नेपाली, कक्षा १२ की सहारा सुवेदीलगायतले बोलेका थिए । कक्षा १२ की छात्रा सम्झना मल्लको सञ्चालनमा भएको कार्यक्रममा कक्षा १२ का  विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति राखेका थिए ।


प्रकाशित मिति २०८० भदौ १४ गते बिहिबार ०७:०६