कुमुदिनीमा ‘चाइनिज कल्चर एक्सपेरियन्स डे’ सम्पन्न

कुमुदिनीमा ‘चाइनिज कल्चर एक्सपेरियन्स डे’ सम्पन्न

Education News

@edunewsnp

२०८२ पुस १२ गते शनिवार ०१:३७

 पोखरा, १२ पुस । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार ‘चाईनिज कल्चर एक्सपेरियन्स डे’ सम्पन्न भएको छ । कुमुदिनी होम्ससहित पोखराका ८ वटा विद्यालयमा चाइनिज भाषा सिकाउँदै आएका...

 

पोखरा, १२ पुस । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स
माध्यमिक विद्यालयमा शुक्रवार ‘चाईनिज कल्चर एक्सपेरियन्स डे’ सम्पन्न भएको छ ।

कुमुदिनी होम्ससहित
पोखराका ८ वटा विद्यालयमा चाइनिज भाषा सिकाउँदै आएका ८ जना चाइनिज भोलेन्टियर
शिक्षकहरूले चिनियाँ संस्कृति
, भाषाको आरम्भका अक्षर
लेखनका तरिका
, कागज काटेर विभिन्न आकार प्रकारका वस्तु
बनाउने
, चपस्टिक खेललगायतका विषयहरूमा सहभागीलाई प्रयोगात्मक
प्रदर्शन गराए ।

कार्यक्रममा सहभागी
चाईनिज भाषा पढाउने पोखरा कुमुदिनीसहित ८ विद्यालयका प्रिन्सपल
, विद्यार्थी, काठमाडौंबाट आएका सेन्टर फर ल्याङग्वेज
एजुकेशन एण्ड कर्पोरेशनका पाहुनाहरूलाई कुमुदिनीका संस्थापक अध्यक्ष अशोक पालिखेले
स्वागत गरेका थिए ।

सो अवसरमा पालिखेले
पर्यटकीय राजधानी पोखरामा चाईनिज भोलेन्टियर्सद्वारा चाईनिज भाषाको सिकाई
उपलब्धिमूलक भएको बताए । पोखरामा चाईनाबाट धेरै पर्यटक आउने भएकोले भाषाको ज्ञान
मात्रै नभई पछि गएर दोभाषेको काम गर्न सकिने र आर्थिक पक्ष राम्रो हुन सक्ने बताए

चाईनासँग हाम्रो
सम्बन्ध पुरानो हो । कलाकार अरनिको चाईना जानुले पनि हामीले कला देखाउन पाएको र
भृकुटीको वैबाहिक सम्बन्धको कारण हामी भाषा
, संस्कार,
संस्कृति, शिक्षा, कृषि
लगायतका विभिन्न क्षेत्रमा समन्वयात्मक कार्य गर्न सकेका छौं ।

एशोसिएशन अफ चाईनिज
नेशनल्स एण्ड ओभरसिस् चाईनिज ईन पोखराका उपाध्यक्ष सियाङ साओहुवा
, नेपाली नाम सन्देश गुरुङले कुमुदिनीमा चाईनिज कल्चरका बारेमा जानकारी
गराउन पाएकोमा खुसी व्यक्त गरे । यस्ता कार्यक्रमहरू विद्यार्थीहरूबीच अझ राम्रो
हुने र प्रयोगात्मक हुने भएकोले उनीहरूलाई सिर्जनशिलतामा रुचि जगाउने बताए । उनले
भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने सोंच रहेको बताए ।

सुपरभाईजर अफ भोलन्टियर
चाईनिज टिचर्स ईन नेपाल
, सिएलईसि म्यानेजमेन्ट टिचर ईन
नेपालका याङ नियानले नेपाल र चाईनाबीच लामो समयदेखि सुमधुर सम्बन्ध रही आएको र
यसलाई अझ प्रगाढ बनाउने काम शिक्षा
, संस्कार, संस्कृतिका कुराहरूको सहारा महत्वपूर्ण भएको बताए ।

उनले नेपालमा शिक्षा, कृषि, संस्कृति, उत्पादनका
क्षेत्र लगायतका क्षेत्रहरूमा चाईनाले सहयोग र समन्वय गर्दै आएकोमा पछिल्ला पटक एक
अर्कालाई राम्ररी बुझ्न र काम गर्नका लागि भाषाका कक्षाहरू सञ्चालन भईरहेका र
हाम्रा भोलेन्टियर शिक्षकहरूले राम्रो भूमिका निर्वाह गरिरहेको बताएका शिक्षक
सुरेन्द्र सदिच्छाले जानकारी दिए । कार्यक्रम विद्यालयको भोलेन्टियर शिक्षिका हान
सिउयिङको संयोजनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति २०८२ पुस १२ गते शनिवार ०१:३७