औपन्यासिक कृति “विविशारा” को विमर्श एवम् सिर्जना वाचन

औपन्यासिक कृति “विविशारा” को विमर्श एवम् सिर्जना वाचन

Education News

@edunewsnp

२०८२ मङ्सिर १४ गते शनिवार ०३:३६

 वालिङ, स्याङ्जा, मङ्सिर १३ गते । उपन्यासकार छवि वैरागी घिमिरेको दोस्रो औपन्यासिक कृति "विविशारा" को विमर्श एवम् सिर्जना वाचन सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भमा वैकल्पिक बाटो पृथक्...

 

वालिङ, स्याङ्जा, मङ्सिर १३ गते । उपन्यासकार
छवि वैरागी घिमिरेको दोस्रो औपन्यासिक कृति “विविशारा” को विमर्श एवम्
सिर्जना वाचन सम्पन्न भएको छ ।

स्याङ्जामा साहित्यिक
पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भमा वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक
अभियान २०७६
, स्याङ्जाको ३७ औँ पाइलाको रूपमा आयोजना
गरिएको औपन्यासिक कृति विमर्श एवम सिर्जना वाचन समारोह- २०८२ शनिबार दिउँसो
वालिङ-६
, मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेन्टको
सभाकक्षमा सम्पन्न गरिएको थियो ।

कार्यक्रमको पहिलो
चरणमा “विविशारा” औपन्यासिक कृतिमाथि केन्द्रित रहेर वक्ताद्वय
लक्ष्मीप्रसाद रेग्मी र शान्ता थापाले समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए भने
उपन्यासकार छवि वैरागी घिमिरेले लेखकीय मन्तव्य प्रस्तुत गरेका थिए ।

हालको टेम्केमयुँ
गाउँपालिका- ६
, भोजपुरमा जन्मिएका सशक्त छन्दकवि एवम
आख्यानकार छवि वैरागी घिमिरे हाल सुन्दरहरैँचा नगरपालिका- ९
, विराटचोक, मोरङमा रहेर सिर्जना कर्ममा क्रियाशील छन्
। संस्कृतमा आचार्यसम्मको औपचारिक अध्ययन पूरा गरेका छवि वैरागी घिमिरेको
“विविशारा” दोस्रो औपन्यासिक कृति हो । रेडियो सन्चारकर्मीका रूपमा एक
दशक काम गरिसकेका घिमिरे हाल एक दर्जन हाराहारी साहित्यिक संस्थाको नेतृत्वदायी
भूमिकामा रहेका छन् । साधकका रूपमा समेत परिचित उनका दर्जन हाराहारीमै विभिन्न
साहित्यिक कृति प्रकाशित छन् । उनी स्थानीयदेखि लिएर राष्ट्रियस्तरका विभिन्न
पुरस्कार तथा सम्मानद्वारा पुरस्कृत तथा सम्मानित भइसकेका छन् ।

संसारमा अलौकिक प्रेम
अझै मरेको छैन
, विश्वास गर्न सकियो भने त्योभन्दा मजबुत
अर्को खुशीको जीवन पनि छ भन्ने विषयलाई मूल कथ्य बनाइएको “विविशारा”
उपन्यास फिनिक्स बुक्स
, काठमाडौँले प्रकाशित गरेको हो ।

अनौपचारिक रूपमा आयोजना
गरिएको कार्यक्रमको संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६
, स्याङ्जाका संस्थापक संयोजक युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरले
गरेका थिए । समारोहमा स्वागत मन्तव्य अभियानका संस्थापक अभियन्ता युवा कवि युवराज
सुवेदीले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको दोस्रो
चरणमा स्याङ्जाली स्रष्टाहरु विष्णु पङ्गेनी पाण्डे
, बोधराज
न्यौपाने
, राजु गैह्रे, लीलाप्रसाद
रेग्मी
, अग्निकुमार रेग्मी पल्लव, कमलप्रसाद
बगाले
, इन्द्रप्रसाद पाठक, झवनाथ
बस्याल
, दमकुमारी बगाले, युवराज सुवेदी,
वसन्त खनाल, प्रेमप्रसाद सुवेदी, दिलीप तिवारी, ढालबहादुर के.सी., लेखनाथ काफ्ले, शम्भु अर्याल, अनन्त
अर्याल
, ध्रुवप्रसाद शर्मा पङ्गेनी लगायतद्वारा आफ्ना
उत्कृष्ट रचनाहरु वाचन गरिएको थियो ।

प्रकाशित मिति २०८२ मङ्सिर १४ गते शनिवार ०३:३६