पोखरा,
भदौ १४ गते । लघुकथा प्रतिष्ठान पोखराद्वारा नियमित रुपमा
संचालित ७६ औं नियमित‘लघुकथा वाचन कार्यक्रम
सम्पन्न भएको छ । सो अवसरमा १२ जना लघुकथाकारहरुले आ आफ्नो रचना वाचन गरेका
थिए । प्रतिष्ठानको अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त
कार्यक्रममा विष्णु बास्तोला, गीता तिवारी, ढाकामोहन बराल, काजी गाउँले, गायत्री
पराजुली , डा. नवराज न्यौपाने, माधव
खतिवडा, मेघनाथ कुँवर, दीपक समीप,
अल्पविराम, कल्याण पन्त, लक्ष्मण थापा लगायतले आआफ्ना लघुकथा सुनाए ।
उक्त अवसरमा प्रतिष्ठानका उपाध्यक्ष कल्याण
पन्तले सम्पूर्ण लघुकथाकारहरुलाई स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम प्रतिष्ठानका सदस्य डा. ईश्वरमणि
अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रकाशित मिति २०८२ भदौ १५ गते आईतबार ०२:३७