विद्योदय आवि वाखेतमा बाल क्लब गठन, अध्यक्षमा सुप्रिया पाइजा

विद्योदय आवि वाखेतमा बाल क्लब गठन, अध्यक्षमा सुप्रिया पाइजा

Education News

@edunewsnp

२०८२ जेठ ६ गते सोमबार ०२:३४

म्याग्दी । बेनी नगरपालिका–१०, वाखेतको श्री विद्योदय आधारभूत विद्यालयमा विद्योदय बाल गठन भएको छ । विद्यार्थीको चौतर्फी विकास, बाल अधिकार संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले गठन भएको ९ सदस्यि क्लबको अध्यक्षमा सुप्रिया पाइजा चयन...



म्याग्दी
बेनी नगरपालिका–१०, वाखेतको श्री
विद्योदय आधारभूत विद्यालयमा विद्योदय बाल गठन भएको छ ।

विद्यार्थीको चौतर्फी
विकास
,
बाल अधिकार संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले गठन भएको ९ सदस्यि
क्लबको अध्यक्षमा सुप्रिया पाइजा चयन भएकी छिन् । यस्तै उपाध्यक्षमा अपर्ण रोका
,
सचिवमा कृष्टी पाइजा, कोषाध्यक्षमा इच्छा रोका
र सह–सचिवमा युरोज कसिान सर्वसम्मत चयन भएका छन् । समितीको सदस्यहरुमा मिनकुमारी
सुनार
, अप्सन पाइजा, मालनी पाइजा र
सुजल पुन रहेका छन् ।

बालबालिकाको सर्वाङ्गिण
विकासका लागि विद्यालयले विभिन्न रचनात्मक कार्य गरेको विद्यालयका प्रधानाध्यापक
प्रकाश अधिकारीले जानकारी दिए । उनले बालबालिकाका सवालमा बालबालिकाद्वारा गरिने
गतिविधि बढी प्रभावकारी हुने भएकाले हरेक क्षेत्रमा बालबालिकाको अर्थपूर्ण सहभागिता
आवश्यक भएको बताए । बाल क्लबमा आबद्ध भएका बालबालिकाले नेतृत्व विकास
, क्षमता विकास तथा बाल अधिकारबारे छलफल, बाल सिर्जना
समावेश गरी मासिक भित्ते पत्रिका प्रकाशन
, सरसरफाई लगायत
कार्यक्रम सञ्चालन निर्णय गरेको क्लबका अध्यक्ष सुप्रिया पाइजाले बताइन् ।

आज बसेको क्लबको बैठकले
क्लबको संरक्षकमा विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारी
, शिक्षक इन्चार्जमा शिक्षक अमृता जिसी रोका र सल्लाहकारमा विद्यालयका
अतिरिक्त क्रियाकलाप विभाग प्रमुख शिक्षक सुजन पुनलाई चयन गरेको सचिव दृष्टी
पाइजाले जानकारी दिईन् । नवनियुक्त पदाधिकारीलाई क्लबको विद्यालय इन्चार्ज
शोभाकान्त लामिछानेले अबिर लगाइ शुभकामना व्यक्त गरे । क्लबका संरक्षक तथा
प्रधानाध्यापक अधिकारीले विद्यालयमा विद्यार्थी र शिक्षकमा पठन संस्कृति बिकासका
लागि रिडिङ्ग क्लब तथा स्काउटको समेत गठन गरि संस्कारयुक्त गुणस्तरीय शिक्षादिने
विद्यालयको योजना रहेको बताए ।
 

प्रकाशित मिति २०८२ जेठ ६ गते सोमबार ०२:३४