स्याङ्जामा राष्ट्रिय प्रतिभा पुरस्कार स्थापना

स्याङ्जामा राष्ट्रिय प्रतिभा पुरस्कार स्थापना

Education News

@edunewsnp

२०८१ मङ्सिर २३ गते आईतबार ०४:४१

 स्याङ्जा । स्याङ्जाको साहित्यिक इतिहासमा विशेष महत्त्वपूर्ण अर्थ राख्ने किसिमको नारायणप्रसाद ज्ञवाली स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार स्थापनाको घोषणा समारोह आज दिउँसो सम्पन्न भएको छ । अग्रज साहित्यकार व्यक्तितब स्वर्गीय...

 

स्याङ्जा
स्याङ्जाको साहित्यिक इतिहासमा विशेष महत्त्वपूर्ण अर्थ
राख्ने किसिमको नारायणप्रसाद ज्ञवाली स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार स्थापनाको
घोषणा समारोह आज दिउँसो सम्पन्न भएको छ ।

अग्रज साहित्यकार
व्यक्तितब स्वर्गीय नारायणप्रसाद ज्ञवालीको प्रथम वार्षिक पुण्य तिथिको सन्दर्भमा
नारायणप्रसाद ज्ञवाली स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार कोष
, गल्याङ नगरपालिका- ११, दिमिक, कुमाल्दी,
स्याङ्जाको आयोजनामा शनिबार गल्याङ- ११, दिमिक,
कुमाल्दीस्थित स्वर्गीय नारायणप्रसाद ज्ञवालीको घरको आगनमा कोषको
पहिलो कार्यक्रमको रूपमा समारोह सम्पन्न गरिएको थियो ।

अनौपचारिक रूपमा आयोजना
गरिएको कृति लोकार्पण तथा स्मृति पुरस्कार स्थापनाको घोषणा कार्यक्रममा स्वर्गीय
नारायणप्रसाद ज्ञवालीद्वारा लेखिएका अनि मिलन समीरद्वारा सम्पादन गरिएका संस्मरण र
नियात्राहरुको कृति ” ती दिनहरु ” को लोकार्पण उक्त समारोहमा समुपस्थित
सम्पूर्ण परिवारजन
, आफन्त, इष्टमित्र
एवम साहित्यकार महानुभावहरुद्वारा संयुक्त रूपमा गरिएको थियो ।

समारोहमा स्वर्गीय
नारायणप्रसाद ज्ञवालीको स्मृतिमा उहाँको परिवारजनको तर्फबाट हरेक वर्ष
नारायणप्रसाद ज्ञवालीको पुण्य तिथि अर्थात् नारायणप्रसाद ज्ञवाली स्मृति दिवसको
सन्दर्भ पारेर राष्ट्रियस्तरका साहित्यकारहरुमध्ये एक जनालाई नगद राशि रु. २५ हजार
५ सय २५ /- सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गर्नेगरि नारायणप्रसाद
ज्ञवाली स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार कोष- २०८१ स्थापनाको घोषणा गरिएको
थियोे ।

साथै उक्त पुरस्कार
२०८२ सालको नारायणप्रसाद ज्ञवालीको दोस्रो वार्षिक पुण्य तिथि अर्थात उहाँको
स्मृति दिवसको अवसरमा पहिलोपटक प्रदान गरिने भएको छ ।

समारोहमा नारायणप्रसाद
ज्ञवालीको व्यक्तित्वको बारेमा उहाँका सहकर्मी अग्रज कवि चण्डिकाप्रसाद
भट्टराईद्वारा मन्तव्य प्रस्तुत गरिएको थियो ।

लोकार्पण गरिएको कृतिको
सन्दर्भमा केन्द्रित रहेर युवा स्रष्टा सागर काफ्लेद्वारा समीक्षात्मक टिप्पणी
प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको सहजीकरण
युवाकवि मिलन समीरद्वारा गरिएको थियो ।

कार्यक्रममा साहित्यकार
व्यक्तित्वहरु चण्डिकाप्रसाद भट्टराई
, तोरणराज
बस्याल
, गुरुप्रसाद ढकाल, लोकहरि
पाण्डेय क्षितिज
, प्रेमबन्धु सुवेदी, ढालबहादुर
के.सी.
,अनन्त अर्याल, मदनकुमार पौडेल,
लेखनाथ चापागाईं, रामप्रकाश उपाध्याय, मदनप्रसाद ज्ञवाली, विष्णुप्रसाद अधिकारी र लीलाराम
ज्ञवाली आदिद्वारा आफ्ना उत्कृष्ट रचनाहरुको 
वाचन तथा नारायणप्रसाद ज्ञवालीको व्यक्तित्वको बारेमा प्रकाश पारिएको थियो

प्रकाशित मिति २०८१ मङ्सिर २३ गते आईतबार ०४:४१