अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न

अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न

Education News

@edunewsnp

२०८३ बैशाख ६ गते आईतबार ०७:५०

 कमला श्रेष्ठ,पोखरा, वैशाख ६ गते । अनुपम म्युजिक, पोखराको आयोजनामा विद्यार्थीहरूको लागि सञ्चालित १५ दिने उद्घोषण, भाषण कला तथा हस्तलेखनसम्बन्धी तालिम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संस्कृतिकर्मी ताराबहादुर...

 

कमला श्रेष्ठ,

पोखरा,
वैशाख ६ गते ।
अनुपम म्युजिक, पोखराको आयोजनामा
विद्यार्थीहरूको लागि सञ्चालित १५ दिने उद्घोषण, भाषण कला तथा हस्तलेखनसम्बन्धी
तालिम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख
अतिथि वरिष्ठ संस्कृतिकर्मी ताराबहादुर गुरुङले यस्तो खालको तालिमले बालबालिकाहरूको
व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । दुई दशकभन्दा बढी समयदेखि
स्तरीय तालिम सञ्चालन गरेको अनुपम म्युजिकको स्तरीय कार्यप्रति ढुक्क हुने अवस्था
सिर्जना भएको गुरुङको भनाइ थियो ।

कार्यक्रमको
अध्यक्षतासमेत गरेका अनुपम म्युजिक पोखराका प्रमुख संरक्षक एवम् तीर्थहरि स्मृति
प्रतिष्ठान नेपालका अध्यक्ष वीरेन्द्रमान पालिखेले गरिब तथा जेहनदार
विद्यार्थीहरूका लागि अनुपम म्युजिकले सञ्चालन गर्ने तालिममा तीर्थहरि स्मृति
प्रतिष्ठानले छात्रवृत्ति प्रदान गर्ने र आगामी दिनमा पनि अनुपम म्युजिक पोखरासँग
सहकार्य गरिरहने बताए ।

अनुप म्युजिक, पोखराका
प्रबन्ध निर्देशक अनुराग अधिकारीले विद्यार्थीहरूलाई सहज र सरल तबरले सिक्ने र
सिकाउने वातावरण तयार पार्नका लागि कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाए । बर्सौँदेखि
अभिभावकहरूको विश्वास नै तालिमको सफलता भएको तालिमका प्रशिक्षकसमेत रहेका
अधिकारीले बताए ।

सञ्चारकर्मी तथा
साहित्यकार रुपिन्द्र प्रभावीले १५ दिनमा विद्यार्थीहरूमा आएको परिवर्तनले
भविष्यका असल नागरिक तयार भएको विश्वास व्यक्त गरे । कार्यक्रममा होटेल सङ्घ,
पोखराका अध्यक्ष दीपक श्रेष्ठ, हस्तलेखन प्रशिक्षक कृति कठायत, अनुपमा अधिकारी लगायतले
शुभकामना व्यक्त गरेका थिए ।

प्रशिक्षार्थीहरू आयाम
पौडेल
, मान्यता क्षेत्री, किस्मत क्षेत्री, रोहन भण्डारी, आयुष्ना ढकाल, रोबेन श्रेष्ठ, रिदम गुरुङ, प्रिन्सराज पौडेल, अर्मान थापा, अनुस ओझा, रोजिना
भट्टराई
, प्रसुनमान श्रेष्ठ ,सञ्जीव
लामिछाने
, शिरिष क्षेत्री, वशिष्ठ
मिश्र
, मनित मिश्र, कृतेश बराल, नुयल
रानाभाटले प्रशिक्षार्थीको अनुभवका साथै गीत ,कविता र आफ्ना विभिन्न सिर्जनाहरू प्रस्तुत
गरेका थिए । कार्यक्रमको सञ्चालन प्रशिक्षार्थीहरू अनुपम अधिकारी, आर्या अधिकारी र
अनुष्का ओझाले गरेका थिए ।

वार्षिक परीक्षा सम्पन्न
गरी फुर्सदमा रहेका विद्यार्थीहरूलक्षित तालिममा ३० जनाको सहभागिता रहेको अनुपम
म्युजिककी निर्देशक पवित्रा पराजुलीले जानकारी दिइन् । उनले एस.ई.ई. सकेर
विद्यार्थीहरूका लागि उद्घोषण तथा भाषण कलासम्बन्धी तालिम सञ्चालन भइरहेको भन्दै
केही सिट बाँकी रहेको जानकारी पनि दिइन् ।

प्रकाशित मिति २०८३ बैशाख ६ गते आईतबार ०७:५०