समता काव्य सन्ध्याको ३९६ औँ शृङ्खला सम्पन्न

समता काव्य सन्ध्याको ३९६ औँ शृङ्खला सम्पन्न

Education News

@edunewsnp

२०८३ साउन ३ गते आईतबार ०९:५५

 पोखरा, साउन ३ गते । साहित्य, सङ्गीत र कलाको त्रिवेणीका रुपमा वि. सं. २०३४ सालदेखि अविच्छिन्न रूपमा सेवारत पोखराको अग्रणी वाङ्मयिक संस्था “पोखरेली युवा सांस्कृतिक परिवार”ले आँफुले नियमित रुपमा गर्दै आएको मासिक काव्य वाचन कार्यक्रम...

 

पोखरा, साउन ३ गते । साहित्य, सङ्गीत र कलाको त्रिवेणीका रुपमा वि. सं. २०३४ सालदेखि अविच्छिन्न रूपमा
सेवारत पोखराको अग्रणी वाङ्मयिक संस्था “पोखरेली युवा सांस्कृतिक परिवार”ले आँफुले
नियमित रुपमा गर्दै आएको मासिक काव्य वाचन कार्यक्रम “समता काव्य सन्ध्या ”को ३९६औँ
शृङ्खला श्रावण महिना विशेष कार्यक्रमका रुपमा शनिवार पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रमका विशेष
उपस्थिति जनाउँदै संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार सुप्रसिद्ध कलाकार तथा
बिम्बकवि रमेश श्रेष्ठले “ समता काव्य सन्ध्या कविताको अनौपचारिक पाठशाला भएको र
यहाँ वरिष्ठ र स्थापित कविले पनि नवपुस्ताका कविसंग सिक्छन् र नवपुस्ताले अग्रजसंग
सिक्छन् । यसरी सिक्ने सिकाउँने क्रम अब ४००औं शृंखलामा पुग्न लागेको र ४००औं
शृंखलालाई विशेष शृंखला बनाउँन सुझाव दिंदै म कस्तो कविता लेख्छु त म भन्न सक्दिन
, तर म कविताको आराधना गर्ने व्यक्ति हुँ र सुन्दर कविता सुन्न चाहन्छु । म
घरबाटै आज सुन्दर कविता सुन्न पाइनेछ भन्ने अपेक्षा गर्दै आउँछु र सुनिएका मध्ये
आधा यस्ता हुनेछन् कि ती कविताबाट मलाई कविता लेख्न थप प्रेरणा मिल्नेछ भन्ने मेरो
अपेक्षा रहन्छ । तपाइँको कविताले मलाई चुनौति प्राप्त होस् र हरेक कविलाई चुनौति
महसुस होस् । यस्तो भएमा नै पोखरेली कविताको उचाई बढ्छ र समग्रमा नेपाली कविताको
उचाई बढ्छ’ भन्दै आफ्नो कविता वाचन गर्नु भयो ।

कार्यक्रममा
संस्थाका  सल्लाहकार प्रकाश ज्ञवाली
, अल्पविराम पोखरेली , शिव त्रिपाठी, नवराज न्यौपाने, केशु शर्मा, रती
भट्टराई
, ढाकामोहन बराल, नारायण
बास्तोला
, आकाश अधिकारी, लोचना अधिकारी,
गीता तिवारी, शान्ति कँडेल, तेजनारायण अधिकारी, आशीष रेग्मी, मुक्तिनाथ अधिकारी, मनोज गौतम लगायत कविहरुले
असारलाई समर्पित गर्दै आफ्ना कविता वाचन गर्नुभयो ।

परिवारका उपाध्यक्ष
लक्ष्मण थापाले सभाध्यक्षमा भएको कार्यक्रममा साहित्य विभागकी संयोजक केशु शर्माले
स्वागत र  सचिव एमडी काफ्लेले कार्यक्रम
सञ्चालन गरेका थिए ।

प्रकाशित मिति २०८३ साउन ३ गते आईतबार ०९:५५