गीलुको ‘सिलीदुङ’ माथि पोखरामा विमर्श

गीलुको ‘सिलीदुङ’ माथि पोखरामा विमर्श

Education News

@edunewsnp

२०८० माघ १३ गते शनिवार ०४:३०

 पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कवि गीलु रातोसको कविता सङ्ग्रह ‘सिलीदुङ’ माथि विमर्श गरेको छ । सोसाइटीले विशेष कार्यक्रमका रूपमा आयोजना गरेको कार्यक्रममा कृतिमाथि बोल्दै प्राज्ञ राजन मुकारुङले गीलुका कविता...

 

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कवि गीलु रातोसको
कविता सङ्ग्रह ‘सिलीदुङ’ माथि विमर्श गरेको छ ।

सोसाइटीले विशेष कार्यक्रमका रूपमा आयोजना गरेको कार्यक्रममा
कृतिमाथि बोल्दै प्राज्ञ राजन मुकारुङले गीलुका कविता पहिचानको मात्र नभई किनरीकृत
वर्गको आक्रोशको दस्तावेज भएको बताए । ‘जब १२४ मध्ये १२३ भाषालाई बेवास्ता गरेर
राज्य संयन्त्रले कुनै एउटा भाषालाई मात्रै उच्च प्राथमिकतामा राख्छ
, अनि गीलु रातोस जस्ता
कविहरू जन्मिन्छन्’ नेपाल प्रज्ञा प्रतिष्ठानका साहित्य (मातृभाषा) विभागका
संयोजकसमेत रहेका मुकारुङले भने
, ‘मातृभाषाको विकासका लागि सरकारले प्रदान गर्दै
आएको बजेट पनि कटौती हुनुले फेरि पनि मातृभाषाको संरक्षणमा सरकार उदासीन छ भन्ने
बुझ्नुपर्छ ।’ मुकारुङले गीलु रातोसले आफ्ना कवितामा उठाएका मुद्दा हरेक किनारीकृत
वर्गले आत्मसात गर्नुपर्ने धारणा राखे ।

अर्की वक्ता गौरी तमुले राज्यले नै मातृभाषीलाई खस नेपाली
भाषामै आफ्ना अभिव्यक्ति दिन बाध्य पारेको धारणाा राखिन् । गुरुङ साहित्यिक मञ्चकी
संस्थापक अध्यक्षसमेत रहेकी तमुले आम मानिससमक्ष मातृभाषीको अभिव्यक्ति पु
¥याउनका लागि पनि नेपाली
भाषामै लेख्नुपर्ने अनुभव सुनाइन् । उनको गुरुङ र नेपाली भाषामा ‘समैँ दर्बानी’
नामक मुक्तक सङ्ग्रह प्रकाशन भएको छ ।

कार्यक्रमको सहजीकरण गरेका पत्रकार तथा साहित्यकार सुरेश
रानाभाटले गीलुको कवितामा उठाइएको पहिचानको स्वरले आफूलाई आकर्षण गरेको बताएका थिए
। कवि रातोसले आफूले जनयुद्धका क्रममा देखेका सपनाहरूको प्रतिविम्ब कवितामा
उतारेको बताए । उनले आफ्ना दुई कविता वाचन गरेका थिए । थेबाला प्रकाशनले बजारमा
ल्याएको कृतिमा उनका ४२ कविता सङ्गृहीत छन् ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको
कार्यक्रममा ध्रुव केसी
, तेजबहादुर गुरुङ,
सुजित साहलगायतले टिप्पणी
गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव नेपाल प्रकाश अधिकारीले गरेका थिए ।

सोही अवसरमा नियमित मासिक कार्यक्रमअन्तर्गत माघ महिनाको
अन्तिम शनिवार २७ गते हरिहर तिमिल्सिनाको शैक्षिक उपन्यास ‘कखरा’ माथि सोसाइटीकी
पुस्तक छनोट समितिकी सदस्य हसिना बस्नेतको चर्चासहित आयोजना गरिएको जानकारी
गराइएको थियो । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै विषय वा पुस्तकमाथि
परिचर्चा गर्दै आएको छ ।

प्रकाशित मिति २०८० माघ १३ गते शनिवार ०४:३०