विश्व सङ्गीत दिवस र असारप्रति समर्पित १०८औँ समता

विश्व सङ्गीत दिवस र असारप्रति समर्पित १०८औँ समता

Education News

@edunewsnp

२०८३ असार १४ गते आईतबार ०८:४४

 पोखरा, असार १४ गते । विश्व सङ्गीत दिवसको सेरोफेरोमा असार विशेष समता साङ्गीतिक कार्यक्रम १०८ औँ अङ्क सम्पन्न भएको छ । अग्रज र अनुज पुस्ताबिच अनुभव र सिकाइको आदानप्रदान गर्ने साथै नव सङ्गीत साधकलाइ मन्चको रुपमा स्थापित पोखरेलि...

 

पोखरा, असार १४ गते । विश्व
सङ्गीत दिवसको सेरोफेरोमा असार विशेष समता साङ्गीतिक कार्यक्रम १०८ औँ अङ्क
सम्पन्न भएको छ । अग्रज र अनुज पुस्ताबिच अनुभव र सिकाइको आदानप्रदान गर्ने साथै
नव सङ्गीत साधकलाइ मन्चको रुपमा स्थापित पोखरेलि युवा सांस्कृतिक परिवारको नियमित
साङ्गीतिक शृङ्खलालाइ केहि दिनअगि पर्ने विश्व सङ्गीत दिवस र समग्र असार
महिनाप्रति समर्पित गरिएको हो ।

विन्ध्यवासिनी मन्दिरको
प्रेक्षालयमा भएको कार्यक्रममा असार र वर्षायाम सम्बन्धित एकल/सामुहिक गरि डेढ
दर्जन बढि गीत/सङ्गीत प्रस्तुत गरिएको थियो ।

सङ्गीत प्रशिक्षण
केन्द्र-बिन्ध्यवासिनि
,जोजिजु म्युजिक सेन्तर-रानिपौवा,कर्णप्रीय सङ्गीतालय-चिप्लेढुंगा,त्रीवेणि
सङ्गीतालय-सृजनाचोक
, इतु जोजिजु क्रीयशन-फूलबारि, शास्त्रीय सङ्गीत समाज-गण्डकी प्रदेश, भक्ति सङ्गीत
प्रतिष्ठान र धर्मस्थलि माध्यामिक विधालयका संस्थागत प्रतिनिधि प्रस्तुति साथै
विभिन्न ख्यातिप्राप्त गायक/गायिकाको सुमधुर गायनले कार्यक्रमको रौनक बढाएको थियो ।

कार्यक्रममा रिता
तिमिल्सिना
, प्रबिन बिक, शर्मिला
लामगादे
,शृष्टि रामदाम,तपस्या शाहि,इरिका/इभान रन्जित,ओभिया गुरुङ,शिवानि तामाङ,सबिन गौतम,प्रसंग/प्रशंशा
ढुंगाना
,अर्जुन गुरुङ,पुर्णिमा रसाइलि,अमर बिक,कमला बिसि, सोयसा
तामाङ
,खुशि सुनार,कृष्टिना राइ,लेखराज राइ,अमित गुरुङ,प्रविन
राइ
,तिलक राना,प्रकृति श्रेष्ठ,ममता गुरुङ,समिर पुन,जय
चापागाइ
,राजन बराल,पिङ्गला अधिकारि,लक्ष्मि गिरि,एम.डि काफ्ले लगायतले प्रस्तुति
राख्नुभएको थियो।

वाद्द्वादनतर्फ
देविन्द्र ढकाल
,मिलन गिरि,समिर पुन,अभिषेक  भुसाल ,जय चापागाइ,प्रान्जल,करण
तामाङलगायतको साथ रहेको थियो ।

कार्यक्रमको प्रमुख
आमन्त्रीत व्यक्तिव वरिष्ठ लोकगायिका हरिदेवि कोइरालाले असार  सिर्जनाको महिना र सर्जकहरुका लागि असार अपार
सम्भावनाहरुको महिना भएको बताउदै नेपालि जनजीवनमा माटो
,सृजना र यसैको जगमा बनेको आपसि सदभाव,सहयोग र
पारस्परिक सम्बन्धको सुगन्धबारे चर्चा गर्दै आफ्नो चर्चित असारे भाका सुनाउनुभएको
थियो ।

अध्यक्ष र उपाध्यक्षको
अनुपस्थितिमा संस्थाकि सहसचिव साहित्यकार हसिना बस्नेतको अध्यक्षतामा सम्पन्न भएको
कार्यक्रममा उपस्थित सबैलाइ शब्दद्वारा स्वागत सङ्गीत संयोजक मिलन गिरि र संचालन
संस्थाका सचिव एमडी काफ्लेको रहेको थियो ।

प्रकाशित मिति २०८३ असार १४ गते आईतबार ०८:४४