मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा

मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा

Education News

@edunewsnp

२०८२ चैत २४ गते मङ्गलबार ११:०४

 पोखरा,  चैत २४ गते । लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुई पुस्तक बजारमा आएका छन् । ‘मगर जातिको इतिहास’ र भर्तीको ‘फन्दा’ पुस्तकको दोस्रो संस्करण हालै बजारमा आएका हुन् । इतिहास...

 

पोखरा चैत २४ गते । लेखकइतिहासकार तथा अधिवक्ता
मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुई पुस्तक बजारमा आएका छन् ।
मगर जातिको इतिहास’ र भर्तीको ‘फन्दा’ पुस्तकको दोस्रो संस्करण हालै
बजारमा आएका हुन् ।

इतिहास तथा संस्कार र
संस्कृति गरी दुई भागमा विभाजित ‘मगर जातिको इतिहास’ पुस्तक १७६ पृष्ठको छ ।
पुस्तकमा मगर जातिको परिचय
मगर जातिको प्राचीनतामगरको उत्पत्तिकसरी भयो मगर नामकरण ? मगरातमगरको मुल थलोमगर राज्य र राजाहरुमगरका थर र उपथर  , मगर भाषाधर्म संस्कारपूजा संस्कारकर्म संस्कारविवाह संस्कारमगर समुदायका लोकबाजा लगायतका
विषय समेटिएका छन् । पुस्तकको प्रकाशक हङकङ निवासी कविता थापामगर हुन् ।

यसै गरी २०७१ सालमा
प्रकाशित भर्तीको फन्दा पुस्तकको परिमार्जित दोस्रो संस्करणमा पनि बजारमा आएको छ ।
पिपलतुङ रिसर्च एण्ड डेभलपमेन्ट हब ललितपुरले प्रकाशन गरेको २६० पृष्ठको भर्तीको
फन्दा गोर्खा सैनिकको इतिहास सम्बन्धी पुस्तक हो ।
 

भर्तीको फन्दा
केवल गोर्खा भर्तीको इतिहासमा सीमित छैन
यसले नेपाली
समाज
खास गरी मगरगुरुङराईलिम्बूलगायतका समुदायहरूको जीवनसंस्कारसङ्घर्ष र मनोविज्ञानलाई गहिरो रूपमा
विश्लेषण गरेको छ’ प्रकाशन संस्था पिपलतुङ रिसर्च एण्ड डेभलपमेन्ट हबका अध्यक्ष
माया रोका मगरले भनिन्
,‘तत्कालीन समयमा राज्यले नै केही
निश्चित जातिलाई छानी छानी भर्तीमा पठाएको र त्यसले नेपाली समाजमा पारेको गहिरो
असरलाई कृतिले उजागर गरेको छ ।’

 पुस्तकले
“लाहुरे” संस्कृतिको आकर्षण र त्यसका अन्तरनिहित पीडाहरूलाई ऐतिहासिक प्रमाण र
जीवन्त कथनमार्फत प्रस्तुत गरिएको यस पुस्तकले स्थापित धारणा र विमर्शलाई नयाँ
दृष्टिकोणबाट पुनर्विचार गर्न प्रेरित गरेको छ ।

अध्यक्ष रोका मगरका
अनुसार पुस्तकले इतिहासलाई केवल गौरवगाथाको रूपमा मात्र नभई आलोचनात्मक दृष्टिले
हेर्ने प्रयास समेत गरेको छ । यसले राज्य
समाज र
व्यक्तिबीचको सम्बन्धलाई पुनः परिभाषित गर्दै
विगतका
अभ्यासहरूको वर्तमानमा परेको प्रभावबारे गम्भीर बहसको ढोका खोलेको छ । “भर्तीको
फन्दा” ले पाठक
अनुसन्धानकर्तानीति निर्माता तथा सरोकारवालाहरूबीच अर्थपूर्ण संवाद र बहसलाई थप सशक्त
बनाउने छ ।

लेखक मनोज घर्तीमगरले
केही दिनमै पोखरा र काठमाडौंमा बृहत कार्यक्रम गरी किताबको विमोचन गर्ने बताएका
छन् । उनले पाठकलाई सहज रूपमा उपलब्ध होस् भन्ने हेतुले विमोचनअगावै पुस्तक बजारमा
पठाइएको सुनाए । नेपाल खुल्ला विश्वविद्यालयमा मगर इस्टडिजका अध्यापक लेखकले
त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा पिएचडी गर्दै छन् ।

 

प्रकाशित मिति २०८२ चैत २४ गते मङ्गलबार ११:०४