छोराको जन्मदिनमा विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

छोराको जन्मदिनमा विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

Education News

@edunewsnp

२०८१ साउन २७ गते आईतबार ०२:३२

 पोखरा । पोखराका एक व्यवसायीले आफ्नो जन्मदिनमा विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । पोखरा-२२ निवासी पुम्दीकोट सुनचाँदी पसलका प्रोप्राइटर भरत सुनार र विन्दु सुनारले आफ्ना छोरा विश्वास सुनारको जन्मदिनको अवसर पारेर...

 

पोखरा । पोखराका
एक व्यवसायीले आफ्नो जन्मदिनमा विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन्

पोखरा-२२ निवासी पुम्दीकोट सुनचाँदी पसलका
प्रोप्राइटर भरत सुनार र विन्दु सुनारले आफ्ना छोरा विश्वास सुनारको जन्मदिनको
अवसर पारेर पोखरा-३०, शिशुवास्थित शान्ति आधारभूत विद्यालयलाई ४३ इन्चको स्मार्ट टेलिभिजन
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीलाई हस्तान्तरण गरे । विद्यालयले
चालेको प्रविधिमैत्री शिक्षक सिकाइलाई सहयोग पुगोस् भन्ने हेतुले टेलिभिजन हस्तारण
गरेको भरतले बताए । सोही अवसरमा सुनार परिवारले १९० जना विद्यार्थीलाई
स्टेसनरीसमेत वितरण गरेको थियो ।

प्राप्त सामग्रीले विद्यार्थीको सिकाइमा
सघाउने पुग्ने विद्यालयका प्रधानाध्यापक मनिराम कडेलले विश्वास व्यक्त गरे ।
कार्यक्रमको संयोजन सहायक प्रधानाध्यापक भुवानीप्रसाद सुवेदीले गरेका थिए ।

 

प्रकाशित मिति २०८१ साउन २७ गते आईतबार ०२:३२