जुनियर युवा रेडक्रस दिवसमा सरसफाइ कार्यक्रम

जुनियर युवा रेडक्रस दिवसमा सरसफाइ कार्यक्रम

Education News

@edunewsnp

२०८० फाल्गुण २२ गते मङ्गलबार १२:४९

 लमजुङ । "विश्वव्यापी रूपमा अभिप्रेरित, स्थानीय रूपमा सशक्तीकरण : जलवायुसम्बन्धी गतिविधिमा जुनियर तथा युवा !" भन्ने नाराका साथ राष्ट्रिय जुनियर युवा रेडक्रस दिवसका अवसरमा मङ्गलबार नेजुरेस रामबालोदय आधारभूत विद्यालय मध्यनेपाल-३,...

 


लमजुङ । “विश्वव्यापी रूपमा
अभिप्रेरित
, स्थानीय रूपमा सशक्तीकरण : जलवायुसम्बन्धी गतिविधिमा जुनियर तथा युवा
!” भन्ने नाराका साथ राष्ट्रिय जुनियर युवा रेडक्रस दिवसका अवसरमा मङ्गलबार नेजुरेस
रामबालोदय आधारभूत विद्यालय मध्यनेपाल-३, सूर्यपाल
, लमजुङको आयोजनामा विद्यालय हाता सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

नेजुरेस रामबालोदयको आयोजनामा शिक्षक
नायक रामकुमार श्रेष्ठ, विद्यालयका निमित्त प्रधानाध्यापक मनमाया साँखी
, शिक्षक सहनायक सीता थापा, नेजुरेस रामबालोदय अध्यक्ष दीपेश
नेपाली
, सचिव रश्मि
श्रेष्ठ, रामबालोदय बालक्लबका अध्यक्ष कुसुम खाती, बालक्लव संरक्षक शिक्षिका अनिता
शर्मा सेढाईँ,  सहसंरक्षक शिक्षिका सपना
नेपाली, सरसफाइ उपसमिति संयोजक शिक्षिका गौमती गुरुङ, शिक्षक ज्योतिशङ्कर गुरुङ,
शिक्षिका अर्चना अधिकारी पौडेल
, स.क.शान्ता
धिताल बस्नेत, का.स. रेखा थापालगायत सम्पूर्ण विद्यार्थीहरूको उत्साहजनक सहभागिताका
साथ कार्यक्रम सम्पन्न भयो । नेजुरेस रामबालोदयले विद्यालय र समुदायमा विपत
व्यवस्थापन र प्राथमिक उपचारसम्बन्धी कार्यका लागि महत्त्वपूर्ण भूमिका खेल्दै
आएको जानकारी गराँउदै आगामी दिनमा पनि नेजुरेस रामबालोदय सदैव सक्रियताका साथ
अगाडि बढिरहने कुरा शिक्षक नायक रामकुमार श्रेष्ठ र स.प्र.अ. मनमाया साँखीले बताए

प्रकाशित मिति २०८० फाल्गुण २२ गते मङ्गलबार १२:४९