कुमुदिनी होम्सको ३९ औँ स्थापना दिवसमा विविध कार्यक्रम

कुमुदिनी होम्सको ३९ औँ स्थापना दिवसमा विविध कार्यक्रम

Education News

@edunewsnp

२०८२ पुस ५ गते शनिवार ०४:०७

 पोखरा, पुस ५ गते । पोखरा महानगरपालिका ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले आफ्नो ३९ औँ स्थापना दिवस शनिवार सम्पन्न गरेको छ । विविध प्रतियोगिताका विजयीलाई पुरस्कृत, दीर्घ सेवा गरेका शिक्षक, उत्कृष्ट कर्मचारी...

 

पोखरा, पुस ५ गते । पोखरा
महानगरपालिका ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले आफ्नो ३९ औँ स्थापना
दिवस शनिवार सम्पन्न गरेको छ ।

विविध प्रतियोगिताका
विजयीलाई पुरस्कृत
, दीर्घ सेवा गरेका शिक्षक,
उत्कृष्ट कर्मचारी र गत वर्षको एसइईमा चार जिपिए ल्याउने
विद्यार्थीलाई नगद १ लाख १ हजार पुरस्कार अर्पण
, विद्यालयलाई
सहयोगलगायत विभिन्न जातजातिका कलासंस्कृति झल्किने सांस्कृतिक कार्यक्रम गरेर
विद्यालयले ३९ औँ वार्षिकोत्सव भव्यतासाथ सम्पन्न गरेको हो ।

कार्यक्रममा सहभागीलाई
कक्षा १२ विज्ञान संकायकी इरिन गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले प्रतिवेदनसहित मन्तव्य व्यक्त गर्दै
हामीले स्थापनाकालबाटै उत्कृष्ट शिक्षाका लागि कुनै सम्झौता नगरी यहाँसम्म आएको
बताए । त्यसैले हामीले भन्दै आएका छौं
, “सधैं उच्च
लक्ष्य ।” हाम्रो कुनै कम्प्रोमाईज हुँदैन । उत्कृष्ट शिक्षाका साथमा हामीले
अतिरिक्त क्रियाकलाप
, शिक्षक र विद्यार्थी अनि अभिभावकहरुका
लागि पनि उत्प्रेरणाका कार्यक्रमहरु गर्दै आएको बताए ।

समय सापेक्ष विश्वमा के
चलिरहेको छ
? कस्तो शिक्षा प्रणालीमा जानुपर्छ र
विद्यार्थीले के चाहिरहेका छन् भन्ने कुरालाई मध्यनजर गरेर सूचना प्रविधि
, आईसिटि, थ्रिडिआई, पछिल्लो
क्रममा एआईसम्मका सेमिनार गरिएको बताए ।

यो पर्यटकीय क्षेत्र
पनि भएकोले नेपालमा छिमेकी देश चाईनाबाट धेरै पर्यटक आउने भएकाले भविष्यमा
दोभाषेको काम गर्न इच्छुक हुनेहरुको लागि पनि काम लाग्ने भएकोले कक्षा ३ देखि ७
सम्म चाईनिज भाषाका कक्षाहरु संचालन भईरहेको
, म्यानेजमेन्ट,
होटल म्यानेजमेन्ट र साईन्सको पढाई र नतिजामा पनि उत्कृष्टता हासिल
गरिरहेको बताए ।

गत वर्षको एसइईमा चार
जिपिए ल्याउने सलिना खत्रीलाई विद्यालयले यसै अवसरमा रु १ लाख १ हजारसहित
सम्मानपत्रले सम्मान गरेको छ। यस्तै गणित विषयमा २८ जना विद्यार्थीले चार जिपिए
ल्याएकोमा गणित विभागका दुई शिक्षक
, सहप्राचार्य
मन बहादुर भुजेल तथा गुरुप्रसाद भण्डारीलाई रु २५ हजार र सम्मानपत्रले सम्मान
गरिएको छ । सो अवसरमा २० वर्ष सेवा गरेका सहप्राचार्य मुकेश कुमार अधिकारीलाई
दीर्घ सेवा सम्मान गरिएको छ ।

अध्यक्ष पालिखेले हाल
विद्यालयमा साढे १२ सय विद्यार्थीले अध्ययन गरिरहेको जानकारी दिदैं सामाजिक
उत्तरदायित्व बहन गर्दै कास्कीको उत्तरी क्षेत्रमा रहेको वाराही प्रावि
, हिमालय प्राविलाई शैक्षिक सामग्री, पोशाक र खाजा
खर्चका लागि सहयोग गर्दै आएको बताए । सो अवसरमा ती विद्यालयहरुका लागि विद्यालयको
तर्फबाट शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

लायन्स अन्तराष्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तर्फबाट गर्भनर दुर्गाप्रसाद हुमागाई तथा फष्ट
लेडि सरिता हुमागाईको तर्फबाट सरिता हुमागाईले वाराही प्रावि र चुरुङगाको धारा
प्राविलाई ३०/३० हजारको दरले ६० हजार हस्तान्तरण गरिन् । सो रकम  राम आचार्य तथा धारा आधारभूतका अध्यक्ष
माधवप्रसाद गौतमलाई हस्तान्तरण गरिएको हो ।

यस्तै विद्यालयको
तर्फबाट भुर्जुङखोलास्थित माछापुच्छ्रे माविका लागि विद्यालय व्यवस्थापन समितिका
अध्यक्ष बम बहादुर गुरुङलाई रु ५१ हजार सहयोग प्रदान गरेको छ ।


कार्यक्रमका प्रमुख
अतिथि सामाजिक विकास
, युवा तथा खेलकुद मन्त्रालयका
सचिव दामोदर सुवेदीले देशमा मा भई अन्तराष्ट्रिय छवि बनाईको कुमुदिनीले अबका
दिनहरुमा पनि ३९ वर्षसम्म आउँदाको साखलाई जोगाउदै समय सापेक्ष अध्ययन
, अध्यापन गराउन सुझाए । म अशोक सरको प्रगतिको प्रतिवेदन सुन्दा र यहाँ आएर
बुझ्दा निकै खुसी लाग्यो । अहिलेसम्म राम्रो छवि बनाएको यस विद्यालयले त्यो छविलाई
झन् उज्यालो बनाउदै जानुपर्ने र दाग लाग्न नदिनेमा सचेत रहन अनुरोध गरे । उनले
शिक्षण सिकाईका नयाँ नयाँ कुराहरु अवलम्बन गर्नुपर्ने
, तथ्यगत,
प्रमाणमा आधारित सिकाई हुनुपर्ने, अध्ययन,
अनुसन्धानात्मक हुनुपर्ने र प्रयोगात्मक सिकाई तथा मूल्यांकनमा
ध्यान दिन सल्लाह दिए । उनले शिक्षाको उज्यालो फैलाईरहँदा समाजसंगको सम्बन्ध र
आवश्यक विद्यालहरुको उन्नतीको लागि सकेको योगदान गर्नबाट पछि नहट्न आग्रह गरे ।

अभिभावकको तर्फबाट
डा.सिर्जना खत्रीले छोरी सलिनाले गत वर्षको एसइईमा चार जिपिए ल्याउनुमा परिवारको
सहयोग त छँदैछ अझ बढी विद्यालय र शिक्षकको उत्प्रेरणाले त्यो संभव भएको बताईन् ।
उनले घरमा सबै अभिभावकले आफ्ना बच्चाहरुको मनोवल बढाउने गरी व्यवहार गर्न
अभिभावकहरुलाई अनुरोध गरिन् ।

विद्यालय व्यवस्थापन
समितिका सदस्य तथा पत्रकार राजबहादुर गुरुङले विद्यालयको ३९ औं वर्षगाँठ ऐतिहासिक
दिन भएको बताए । उनले आगामी दिनहरुमा अझै प्रगति र विद्यालयप्रति शिक्षक
, विद्यार्थी र अभिभावकको लगावको साईनो बलियो भईरहने विश्वास व्यक्त गरे ।

प्याव्सनका केन्द्रीय
समितिका सल्लाहकार बीर बहादुर बुढाथोकीले गण्डकी प्रदेशमा कास्कीको पोखरामा रहेको
कुमुदिनी होम्स एउटा नक्षत्रको रुपमा रहेको बताए । उनले अशोक सरको लागव
, अहोरात्रको मेहनत, व्यवासायिकता लगायतका कारणले संभव
भएको बताए । उनले कुमुदिनी फिडर विद्यालयको रुपमा रहेको र साइन्स पढ्नका लागि
विद्यार्र्थीहरु कुमुदिनीमा ल्याउने गरेको बताए ।

शिक्षा विकास तथा
समन्वय इकाईका प्रमुख लोकनाथ आचार्यले आफु पनि यही विद्यालयको १२ वर्षसम्म अभिभावक
रहेको र आफ्ना तीन बाबुनानीले उत्कृष्ट नतिजा ल्याउदै तीनै जना अहिले डाक्टर पढ्दै
गरेको सुनाए । संस्थापक अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रमको समापन
सह प्राचार्य  मन बहादुर भुजेलले गरेका थिए
। सो अवसरमा उनले २०४४ सालमा स्थापना भएको विद्यालयले “शिक्षामा अस्तित्व
, कुमुदिनीको नेतृत्व” भन्दै अगाडि बढेको बताए । उनले विद्यालयबाट उत्पादित
विद्यार्थीहरु अब्बल पाईलट
, अभिनेता, क्याप्टेन,
बैंकर लगायतका विशिष्ट ओहोदामा पुगको सुनाए । कार्यक्रम शिक्षक
सुरेन्द्र सदिच्छाले सञ्चालन गरेका थिए ।


प्रकाशित मिति २०८२ पुस ५ गते शनिवार ०४:०७