खोटाङमा सडक नाटक ‘खिल’ मञ्चन

खोटाङमा सडक नाटक ‘खिल’ मञ्चन

Education News

@edunewsnp

२०८० फाल्गुण २९ गते मङ्गलबार ०१:४३

काठमाडौं । खोटाङका विभिन्न स्थानमा सडक नाटक ‘खिल’ मञ्चन गरिएको छ। ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर खोटाङको खोटेहाङ गाउँपालिकाका विभिन्न स्थानमा ‘खिल’ मञ्चन गरिएको हो। महिला हिंसा र लागूऔषध न्यूनिकरणसम्बन्धी...


काठमाडौं । खोटाङका विभिन्न स्थानमा सडक नाटक ‘खिल’ मञ्चन गरिएको छ। 

११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर खोटाङको खोटेहाङ गाउँपालिकाका विभिन्न स्थानमा ‘खिल’ मञ्चन गरिएको हो। महिला हिंसा र लागूऔषध न्यूनिकरणसम्बन्धी जनचेतनामूलक नाटक फागुन २५, २६ र २७ गते मञ्चन गरिएको हो।

खोटोहाङ गाउँपालकै सहकार्यमा नाटक ‘खिल’ मञ्चन गरिएको हो। राज थापाले लेखेको नाटकलाई पूर्खाजित राईले दिर्नेशन गरेका हुन्। नाटकमा सुप्रिमा सुनुवार, मुस्कान राई, दुर्गा लिम्बू, मनिका सिङ्तान, कृतिका राई, देवासुर राई तथा लामो समयदेखि रंगकर्ममै रमाइरहेका जेबी डिसीको अभिनय थियो।

महिला हिंसा र लागूऔषध न्यूनिकरणका लागि समाजमा चेनता फैलाउन सडक नाटक मञ्चन गरिएको निर्देशक पूर्खाजित राईले बताए। उनले यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए। 

यता, कलाकार जेबी डिसीले समाजमा चेतना फैसलाउने अभियानको हिस्सा बन्न पाउँदा खुसी लागेको बताए। उनले संविधानमा लेखिएर र कानुन बनेरमात्र महिला हिंसा अन्त्य नहुने बताएँदै उनले जनस्तरमा पुगेर सचेतना फैलाउन आवश्यक भएको बताए।

प्रकाशित मिति २०८० फाल्गुण २९ गते मङ्गलबार ०१:४३