साहित्य शृङ्खलामा नारायण बास्तोलाको विशेष वाचन

साहित्य शृङ्खलामा नारायण बास्तोलाको विशेष वाचन

Education News

@edunewsnp

२०८३ असार ७ गते आईतबार ०२:३५

 पोखरा, असार ७ गते । साहित्य शृङ्खला पोखराको नियमित रचना वाचनको २८५औँ शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ । सो अवसरमा साहित्यकार नारायण बास्तोलाको विशेष रचना वाचन भएको थियो । उनले विशेष रचना कर्खा, झ्याउरे र असारे भाकाका गीतसहित...

 

पोखरा,
असार ७ गते ।
साहित्य शृङ्खला पोखराको नियमित रचना वाचनको
२८५औँ शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ ।

सो अवसरमा साहित्यकार
नारायण बास्तोलाको विशेष रचना वाचन भएको थियो । उनले विशेष रचना कर्खा
, झ्याउरे र असारे भाकाका गीतसहित आफ्ना रचना सुनाएका थिए ।

कार्यक्रममा वामबुद्धिजीवी
रामराज रेग्मी, रघुनाथ अधिकारी, गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाट,
प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष प्रा.डा. यदुनन्दन उपाध्यायले
साहित्य शृङ्खालले प्रगतिशील साहित्य र सङ्गीतका क्षेत्रमा पुर्‍याएको योगदानको
चर्चा गरेका थिए ।

कार्यक्रममा लघुकथा
प्रतिष्ठानका संस्थापक अध्यक्ष अल्पबिराम पोखरेली
, प्रतिष्ठानकै
सचिव विष्णु बास्तोला, डिलबहादुर थापा, लक्ष्मण थापा
, मातृकाप्रसाद
ढुङ्गाना
, नारायण परिश्रमी, धनबहादुर
नेपाली
, लक्ष्मी थापा, विद्याविमल बराल, ढाकामोहन बराल, छविलाल आचार्य, लोचना अधिकारी,प्र तिभा तिमिल्सिना, एकदत्त लम्साल, हृषिकेश बराललगायतले आफ्ना रचना सुनाएका थिए ।

सङ्गम सांस्कृतिक
मञ्चका कलाकारहरू बिकास लुङ्गेली
, चियाङ तमू, कृष्णप्रसाद रिजाल, लालबहादुर भुजेलले कार्यक्रमको बिच
बिचमा असारे गीतहरू सुनाएका थिए । शृङ्खलाका संस्थापक अध्यक्ष स्ट्रगल रानाले समेत
सो अवसरमा असारे गीत सुनाएका थिए ।

अध्यक्ष लक्ष्मण गौतम ‘हिमाली’
को अध्यक्षतामा भएको कार्यक्रम सचिव काजी गाउँलेले सञ्चालन  गरेका 
थिए ।

प्रकाशित मिति २०८३ असार ७ गते आईतबार ०२:३५