सुपर भ्वाइस अफ त्रिवेणीको उपाधी दीपेशलाई

सुपर भ्वाइस अफ त्रिवेणीको उपाधी दीपेशलाई

Education News

@edunewsnp

२०८० चैत ३० गते शुक्रबार ०२:०८

 पोखरा । त्रिवेणी सङ्गीतालयद्वारा आयोजित नव प्रतिभाको खोजी अभियानअन्तर्गतको गण्डकी प्रदेशस्तरीय गायन रियालिटी सो सुपर भ्वाइस अफ त्रिवेणी सिजन–२ को उपाधी लाहाचोक, कास्कीका दीपेश नेपालीले जितेका छन् । पाँच चरणमा सम्पन्न उक्त...

 

पोखरा । त्रिवेणी सङ्गीतालयद्वारा आयोजित नव प्रतिभाको खोजी
अभियानअन्तर्गतको गण्डकी प्रदेशस्तरीय गायन रियालिटी सो सुपर भ्वाइस अफ त्रिवेणी
सिजन–२ को उपाधी लाहाचोक
, कास्कीका दीपेश नेपालीले जितेका
छन् ।

पाँच चरणमा सम्पन्न उक्त प्रतियोगितामा बगरकी कृषिका
घिमिरे
, लेखनाथका दीपक परियार, गोरखाका भुवन अधिकारीले क्रमशः
द्वितीय
, तृतीय र सान्त्वना स्थान प्राप्त
गरेका थिए । कास्कीकै समर लोहोनीले दर्शक रोजा
को उपाधी जितेका थिए ।
कार्यक्रमको उ
द्‍घाटन गर्दै प्रमुख अतिथि प्रदेश
सभा सदस्य प्रकाश बरालले नेपाली
सङ्गीत क्षेत्रमा त्रिवेणी सङ्गीतालयले पुर्‍याएको योगदानको प्रशंसा गरे । उनले पर्यटकीय राजधानी पोखरामा यस्ता
गतिविधि भइरहनुपर्ने र राज्यको तर्फबाट पनि सहयोग भएमा अझ नवप्रतिभाहरुले अवसर
पाउने
बताए । आगामी कार्यक्रममा आफ्नो तर्फबाट सक्दो सहयोग
गर्ने
उनले
प्रतिबद्धता जनाए ।

लोक र ऐच्छिक २ चरणमा गरिएको उक्त कार्यक्रम प्रत्यक्ष वाद्यवादन तथा ट्रयाकमा २१ जना
प्रतियोगीह
रूले आआफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए । सङ्गीतालयका प्रशिक्षक नवराज बरालको
अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा
बी. बी. अनुरागी, करण तामाङ किशोर सुनारले निर्णायक रहेका थिए । कार्यक्रमको सञ्चालन राजन बरा,
सुनील बराल
र उर्जा बरालले गरेका थिए ।

प्रकाशित मिति २०८० चैत ३० गते शुक्रबार ०२:०८