जनप्रकाशमा विद्यार्थी-अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

जनप्रकाशमा विद्यार्थी-अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

Education News

@edunewsnp

२०८२ फाल्गुण ६ गते बुधबार ०३:१०

पोखरा । जनप्रकाश माध्यमिक विद्यालय पोखरा -२९, भण्डारढिकमा बुधवार विद्यार्थी-अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. २९को आर्थिक सहयोगमा  भण्डारढिकस्थित जनप्रकाश माध्यमिक विद्यालयको आयोजनामा २...


पोखरा । जनप्रकाश
माध्यमिक विद्यालय पोखरा -२९
, भण्डारढिकमा बुधवार विद्यार्थी-अभिभावक
शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा
नं. २९को आर्थिक सहयोगमा  भण्डारढिकस्थित
जनप्रकाश माध्यमिक विद्यालयको आयोजनामा २ दिनसम्म सञ्चालन गरिएको उक्त कार्यक्रमको
प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ रहेका
थिए । उनले विद्यार्थी सिकाइमा घर
, परिवार र
अभिभावक पहिलो शिक्षक बन्ने धारणा राखे ।


शिक्षक अभिभावक सङ्घका
अध्यक्ष नारायण काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा आठ र दशका विद्यार्थीका
२०० जना अभिभावकहरू तथा विद्यालयका ५१ जना शिक्षक
, विद्यालय
नर्स र कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको औचित्य पुष्टि गर्दै विद्यालयका
प्रधानाध्यापक शेखरनाथ शर्माले यस्ता खालको तालिमबाट विद्यार्थी तथा अभिभावकको
सिकाइ व्यवहार सहजीकरणमा विशेष टेवा पुग्ने विचार राखे ।

कार्यक्रममा विद्यालयका
सहायक प्रधानाध्यापक गोपीराज अधिकारी र दश जोड दुईका इन्चार्ज मनोज पौडेलले दिगो
सिकाइ प्रभावकरितामा अभिभावकहरूको महत्त्वपूर्ण भूमिका रहने बताएका थिए । उक्त
कार्यक्रमको संयोजक शिक्षक बाबुराम न्यौपानेले गरेका थिए । उक्त कार्यक्रम सञ्चालन
अङ्ग्रेजी माध्यमका संयोजक शिक्षक सालिकराम सुवेदीले गरेका थिए । कार्यक्रममा
रविकिरणले सहजीकरण गरेका थिए ।
 

तस्बिरः धर्मेश जयसवाल

प्रकाशित मिति २०८२ फाल्गुण ६ गते बुधबार ०३:१०