हेमजा साहित्य प्रतिष्ठानद्वारा सारङ्गी प्रशिक्षण

हेमजा साहित्य प्रतिष्ठानद्वारा सारङ्गी प्रशिक्षण

Education News

@edunewsnp

पुस २९, २०८०

 पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजना तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा पोखरा २५ हेमजामा एक महिने सारङ्गी प्रशिक्षण कार्यक्रम सुरु भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालको रजत जयन्तीको अवसरमा गरिने २५ विशेष...

 

पोखरा
।
हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजना तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको
सहकार्यमा पोखरा २५ हेमजामा एक महिने सारङ्गी प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
हेमजा साहित्य प्रतिष्ठान नेपालको रजत जयन्तीको अवसरमा गरिने २५ विशेष कार्यक्रमअन्तर्गतको
१५ ओैँ कार्यक्रममा सारङ्गी प्रशिक्षण आयोजना गरिएको हो ।

गण्डकी
प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले सारङ्गीको इतिहास पोखराको बाटुलेचौरबाट
सुरु भएको उल्लेख गरे । सारङ्गी प्रशिक्षण मात्र नभई यसको स्वर लिपि बनाउन आवश्यक
रहेको उनले बताए । कार्यक्रममा संस्थापक सचिव कोविदशरण उपाध्याय
, पूर्व अध्यक्ष एवम्
गौरीशङ्कर क्याम्पसका प्रमुख कृष्णप्रसाद पौडेल
,
पूर्व सल्लाहकार तथा पत्रकार
प्रकाशचन्द्र सापकोटा
, प्रशिक्षक सम्बरबहादुर गायक, पूर्व अध्यक्ष एवम्
पोखरा महानगरपालिका वडा न. २५ का निवर्तमान अध्यक्ष शोभाकर तिमिल्सिनालगायतले
शुभकामना दिएका थिए ।

प्रतिष्ठानका
अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सुनिल
गायकले र सञ्चालन सचिव परशुराम अधिकारीले गरेका थिए । कार्यक्रम माघ २७ गते सम्म सञ्चालन
हुने संस्थाले जनाएको छ ।

प्रकाशित मिति पुस २९, २०८०