तनहुँकी टुकादेवी गण्डकी प्रदेशकै उत्कृष्ट शिक्षक

तनहुँकी टुकादेवी गण्डकी प्रदेशकै उत्कृष्ट शिक्षक

Education News

@edunewsnp

२०८० भदौ १९ गते मङ्गलबार ०४:०९

काठमाडौँ । तनहुँकी शिक्षिका टुकादेवी आचार्य गण्डकी प्रदेशकै उत्कृष्ट शिक्षकका रूपमा पुरस्कृत भएकी छन् । दुलेगौँडास्थित  पञ्चमुनिदेव माध्यमिक विद्यालयकी शिक्षिका आचार्य  पौडेल ‘उत्कृष्ट शिक्षक पुरस्कार २०८०’ बाट पुरस्कृत...


काठमाडौँ । तनहुँकी शिक्षिका टुकादेवी आचार्य गण्डकी प्रदेशकै उत्कृष्ट शिक्षकका रूपमा पुरस्कृत भएकी छन् । दुलेगौँडास्थित  पञ्चमुनिदेव माध्यमिक विद्यालयकी शिक्षिका आचार्य  पौडेल ‘उत्कृष्ट शिक्षक पुरस्कार २०८०’ बाट
पुरस्कृत भएकी हुन् । 

उनलाई पी.पी.
प्रसाईं फाउन्डेसनले ५० हजार नगदसहित सो पुरस्कार प्रदान गरेको हो । आचार्य साहित्यकारसमेत हुन् । बार्दली लघुकथा सङ्ग्रह हालै बजारमा ल्याएकी उनी शुक्ला साहित्य सङ्गमकी अध्यक्षसमेत हुन् ।

फाउन्डेसनले प्रत्येक प्रदेशबाट एक जना उत्कृष्ट शिक्षकलाई प्रदान गरिने
‘उत्कृष्ट शिक्षक पुरस्कार २०८०’ बाट कोशी प्रदेशबाट फिक्कल माध्यमिक विद्यालयका
सोमप्रसाद गौतम
, बागमती प्रदेशबाट जनकल्याण माध्यमिक विद्यालय बौद्धका कमला
राई
, गण्डकी
प्रदेशबाट पञ्चमुनिदेव मावि
, तनहुँका टुकादेवी आचार्य पुरस्कृत भएका छन् ।
यसैगरी
, लुम्बिनी प्रदेशबाट मोहन कन्या मा.वि. तानसेनका गोपालप्रसाद
बस्याल
, कर्णाली प्रदेशबाट तिरपुरा मावि जगदुल्ला डोल्पाका जयबहादुर
बस्नेत र सुदूरपश्चिम प्रदेशबाट सर्वोदय माध्यमिक विद्यालय धनगढीका जितबहादुर
चौधरी सम्मानित भएका छन् ।

पुरस्कार
पी.पी. प्रसाईं फाउन्डेसनले प्रदान गरेको हो । फाउन्डेसनले उत्कृष्ट शिक्षकलाई
पुरस्कारसहित ५० हजार नगद दिने गर्छ र विजयी शिक्षकले अध्यापन गराउने सबै
विद्यालयलाई १० हजारबराबरको शैक्षिक सामग्री प्रदान गर्छ ।

प्रकाशित मिति २०८० भदौ १९ गते मङ्गलबार ०४:०९