माईमैदान आविका विद्यार्थीलाई भण्डारी र कडेलद्वारा न्यानो कपडा र स्टेसनरी सामग्री

माईमैदान आविका विद्यार्थीलाई भण्डारी र कडेलद्वारा न्यानो कपडा र स्टेसनरी सामग्री

Education News

@edunewsnp

२०८२ पुस १० गते बिहिबार ०१:४९

पोखरा, पुस १० गते । रूपा गाउँपालिका, वडा नम्बर ३ स्थित माईमैदान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र स्टेसनरी सामग्री वितरण गरिएको छ ।जनप्रकाश बहुमुखी क्याम्पस, पोखरा २९ का क्याम्पस सञ्चालक समितिका अध्यक्षका अध्यक्ष...


पोखरा,
पुस १० गते ।
रूपा गाउँपालिका, वडा नम्बर ३ स्थित माईमैदान
आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र स्टेसनरी सामग्री वितरण गरिएको
छ ।
जनप्रकाश बहुमुखी क्याम्पस, पोखरा २९ का
क्याम्पस सञ्चालक समितिका अध्यक्षका अध्यक्ष तथा नेपाल शिक्षक सङ्घ, कास्कीका
पूर्वअध्यक्ष विजयराज भण्डारी र नेपाल शिक्षक महासङ्घका निवर्तमान सचिव मनिराम
कडेलले संयुक्त रूपमा २५ जना विद्यार्थीहरू सामग्री वितरण गरेका हुन् । व्यक्तिगत
रूपमै दुवै जनाले रकम खर्च गरी विद्यार्थीलाई सहयोग गरेका हुन् ।
नेपाल ट्रेड युनियन काङ्ग्रेस, कास्कीका
निवर्तमान अध्यक्षसमेत रहेका भण्डारीले आफूले पनि लामो समयसम्म अध्यापन गरेको र
विद्यार्थीहरूलाई सानै भए पनि सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि प्राप्त हुने भएकाले
सहयोग गरेको बताए ।
ट्रेड युनियन काङ्ग्रेसकै
वरिष्ठ उपाध्यक्षसमेत रहेका कडेलले विद्यार्थीलाई भविष्य निर्माणका लागि प्रेरणा
प्रदान गर्नका लागि सामग्री वितरण गरेको बताए । शान्ति आधारभूत विद्यालय, पोखरा-३०
का प्रधानाध्यापक कडेलले आगामी दिनमा पनि विद्यालय र विद्यार्थीका लागि सहयोग गर्न
आफू तयार रहेको धारणा राखे ।
विद्यालय व्यवस्थापन
समितिका अध्यक्ष शिवेन्द्रकुमार श्रेष्ठले आफ्नो विद्यालयका विद्यार्थीका लागि
शैक्षिक नेताद्वयको सहयोग अविस्मरणीय रहने भन्दै धन्यवाद ज्ञापन गरे । कार्यक्रममा
प्रधानाध्यापक अमरबहादुर विश्वकर्मा र पूर्वप्रधानाध्यापक भरत केसीले पनि
दाताहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति २०८२ पुस १० गते बिहिबार ०१:४९