गीतकार राजाराम पौडेलको गीत ‘मेरो देश नेपाल’ सार्वजनिक

गीतकार राजाराम पौडेलको गीत ‘मेरो देश नेपाल’ सार्वजनिक

Education News

@edunewsnp

२०८२ पुस १९ गते शनिवार ०२:३०

 पोखरा । गीतकार राजाराम पौडेलको रचना रहेको नयाँ गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ । सञ्चारकर्मीसमेत रहेका उनी गीतकार प्रतिष्ठानका सदस्य हुन् । गायक चेतन राईको स्वर रहेको राष्ट्र भावले ओत पोत भएको यो गीत एक कार्यक्रमकाबीचमा...

 

पोखरा । गीतकार राजाराम पौडेलको रचना रहेको नयाँ गीत ‘मेरो देश
नेपाल’ सार्वजनिक भएको छ । सञ्चारकर्मीसमेत रहेका उनी गीतकार प्रतिष्ठानका सदस्य हुन् ।

गायक
चेतन राईको स्वर रहेको
 राष्ट्र
भावले ओत पोत भएको यो गीत एक कार्यक्रमकाबीचमा सार्वजनिक गरिएको हो । भाषा आयोगको
सदस्य पूर्व उपसचिवसमेत रहेकी  साहित्यकार उषा हमालको प्रमुख आतिथ्यतामा भएको
कार्यक्रममा किर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ
, नेपाल सङ्गीत कल्याण कोषको अध्यक्ष गायक तथा सङ्गीतकार
रमेश पाठक
, राप्ती समाज
काठमाडौँ अध्यक्ष गायक तथा सङ्गीतकार  गोविन्द मधुर आचार्य
, निर्देशक तथा कोरियोग्राफर कृष्ण रसाल, सञ्चारकर्मी गीता अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

गायक
राईकै सङ्गीतमा तयार भएको गीतका गीतकार पौडेलका लकडाउन १२० गीति सङ्ग्रह पाठकमाझ आइसकेको
छ । उनका साना बाबु नानी
,  हामी
गीत गाउँछौँ गीत सार्वजनिक भइसकेका छन् ।  सबिर कार्कीले एरेन्ज गरेको गीत
मिक्सिङ एण्ड मास्टरिङ गोविन्द सोनीले गरेका हुन् ।
 गायक राईको जन्मथलो सल्यानमा छायाङ्कन भएको यो गीत राईको
नयाँ एलबम ‘स्पिड’मा समावेश गरिएको छ  ।


गीतको भिडियो समेत आकर्षक बनेको छ । भिडियोमा चेतन राई
सहित प्रविण पुरी
, सागर
बसेल
,
अनिता पराजुली, समीक्षा पौडेल, रिता अछामी, सुमी लामाले अभिनय गरेका छन् । बाल कलाकारको रुपमा
चिरायु विक्रम राई र चाहना राई भिडियोमा रहेका छन् । गायक राईले निर्देशन गरेको
भिडियोको सह निर्देशन प्रविण पुरी
, सम्पादन राज धामी, सिनेमेट्रोग्राफरको रुपमा सविन तिमिल्सिना र ड्रोन सटमा
योगराज विश्वकर्माले साथ दिएका छन् ।

सल्यान
जिल्लामा जन्मेका गायक राईले पप तथा आधुनिक विधाका गीत गाउने गर्छन् । उनको पहिलो
एलबम सन् २०१० मा बजारमा आएको थियो । ‘सेभेन’ नामको यो एलबमले दर्शक श्रोतामाझ
उनलाई त्यस समयमा परिचित गरायो ।

त्यसपछि
सन् २०१५ म दोस्रो एलबम ‘साउण्ड’ निकाले । केही वर्षको अन्तरालमा तेस्रो एलबम
‘स्टेप’ उनले पस्केका थिए । एकपछि अर्को साँगीतिक कोसेली पस्केका उनी देश तथा
विदेशका कार्यक्रममा समेत व्यस्त हुन थालेका छन् । ‘स्पीड’ उनको चौथो एलबम हो ।

गीतको
भिडियो राईले आफ्नै युट्युब च्यानल चेतनराई अफिसियलबाट सार्वजनिक गरेका छन्। सेकाइ
इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको भिडियो हेरेर प्रतिक्रिया दिन गायक राईले
आग्रह गरेका छन् । गीतमा देशको कला संस्कृति र जन्मभूमि प्रतिको स्नेहलाई प्रस्कन
खोजिएको छ ।
 

 

प्रकाशित मिति २०८२ पुस १९ गते शनिवार ०२:३०