भास्कर मेमोरियल स्कुलमा जुनियर/युवा रेडक्रस सर्कल गठन

भास्कर मेमोरियल स्कुलमा जुनियर/युवा रेडक्रस सर्कल गठन

Education News

@edunewsnp

२०८३ साउन २२ गते शुक्रबार ११:१४

 पोखरा, साउन २२ गते । भास्कर मेमोरियल स्कुल, पोखरा–११, फूलबारीमा जुनियर/युवा रेडक्रस सर्कलको साधारण सभा, प्रशिक्षण तथा नयाँ कार्यसमिति गठन कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूमा मानवीय सेवा, स्वयम्‌सेवी भावना, नेतृत्व क्षमता,...

 


पोखरा,
साउन २२ गते ।

भास्कर मेमोरियल स्कुल
, पोखरा–११, फूलबारीमा जुनियर/युवा रेडक्रस
सर्कलको साधारण सभा
, प्रशिक्षण तथा नयाँ कार्यसमिति गठन कार्यक्रम सम्पन्न
भएको छ । विद्यार्थीहरूमा मानवीय सेवा
, स्वयम्‌सेवी भावना, नेतृत्व
क्षमता
, विपद् व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वको
विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयमा नयाँ युवा रेडक्रस सर्कल
गठन गरिएको हो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी,
जिल्ला शाखा कास्कीका उपमन्त्री एवम् जुनियर युवा समिति कास्कीका संयोजक डिल्लीराम
बराल प्रमुख अतिथि रहेका कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका
जिल्ला सदस्य खगेन्द्रराज पराजुली
, जुनियर युवा समिति कास्कीका पूर्व संयोजक
रमेशराज भण्डारी
, विद्यालयका निर्देशक विश्वराज बाँस्तोला, प्रधानाध्यापक
विश्वराज पौडेललगायत शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कक्षा १२ की छात्रा सीता क्षेत्रीको अध्यक्षतामा
सम्पन्न सभाले विद्यालयको जुनियर/युवा रेडक्रस सर्कलको नयाँ कार्यसमिति गठन गरेको
हो । प्राप्त विवरणअनुसार समितिमा अध्यक्ष नम्रता अधिकारी
, उपाध्यक्ष
रोशनी के.सी.
, सचिव सीता क्षेत्री, सह–सचिव
अमित कुँवर
, कोषाध्यक्ष सलिना गुरुङ तथा सहकोषाध्यक्ष सिम्रन
भण्डारीलगायत विद्यार्थीहरू सदस्यमा चयन भएका छन् ।

सपथ ग्रहणसँगै सेवाको
प्रतिबद्धता

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा
सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको थियो । सपथ ग्रहणपछि नेपाल
रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपमन्त्री एवम् जुनियर युवा समिति संयोजक
डिल्लीराम बरालले नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना
व्यक्त गरे ।

बरालले विद्यार्थी जीवनमा रेडक्रससँग आबद्ध भएर
गरिने मानवीय सेवा र स्वयम्‌सेवी कार्यले नेतृत्व क्षमता तथा सामाजिक
उत्तरदायित्वको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले
रेडक्रसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवीय अभियान
, रेडक्रसका
गतिविधि
, विपद्को समयमा जुनियर/युवा रेडक्रसको भूमिका तथा
विद्यालयस्तरमा सर्कलले निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषयमा प्रशिक्षणसमेत दिए

उनले विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले
विद्यार्थीहरूलाई विपद् पूर्वतयारी
, प्राथमिक उपचार, उद्धार
तथा मानवीय सहयोगका आधारभूत ज्ञान र सीप आवश्यक रहेको उल्लेख गर्दै नयाँ समितिले
विद्यालय र समुदायमा उदाहरणीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे

विपद् व्यवस्थापनदेखि प्राथमिक
उपचारसम्म सहजीकरण

कार्यक्रममा जुनियर युवा समिति कास्कीका पूर्व
संयोजक रमेशराज भण्डारीले विपद् व्यवस्थापन
, मानवीय उद्धार, प्राथमिक
उपचार
, राहत
सामग्री सङ्कलन तथा वितरण र मानवीय सेवामा युवाको दायित्वका विषयमा सहजीकरण गरे ।

भण्डारीले विपद्का समयमा युवा रेडक्रस
स्वयंसेवकले अनुशासन
, समन्वय र मानवीय संवेदनाका साथ काम
गर्नुपर्ने बताउँदै विद्यार्थीहरूलाई प्राथमिक उपचार तथा विपद् व्यवस्थापनसम्बन्धी
व्यावहारिक ज्ञान हासिल गर्न आग्रह गरे ।

रेडक्रसका सात सिद्धान्तबारे
जानकारी

रमेशराज भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा
रेडक्रसका सात आधारभूत सिद्धान्तबारे सीता क्षेत्रीले प्रस्तुतीकरण गरेकी थिइन् ।
उनले मानवीयता
, निष्पक्षता, तटस्थता,
स्वतन्त्रता, स्वयम्‌सेवा, एकता
र विश्वव्यापकता जस्ता रेडक्रसका आधारभूत सिद्धान्तले विश्वभरको रेडक्रस तथा रेड
क्रिसेन्ट अभियानलाई मार्गदर्शन गर्दै आएको जानकारी गराइन् ।

विद्यार्थीहरूले रेडक्रसका सिद्धान्त र मानवीय
सेवाबिचको सम्बन्धबारे जानकारी प्राप्त गर्दै आगामी दिनमा विद्यालय तथा समुदायमा
सेवा र सहयोगका गतिविधिमा सक्रिय सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विद्यालयको निरन्तर साथ र सहयोग
रहने

कार्यक्रममा विद्यालयका निर्देशक विश्वराज
बाँस्तोलाले भास्कर मेमोरियल स्कुलले जुनियर/युवा रेडक्रस अभियानलाई सदैव साथ
, सहयोग
र सहभागिता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यार्थीलाई पढाइसँगै
सेवामा जोडिन आग्रह गर्दै मानवीय सेवा
, सामाजिक कार्य र स्वयम्‌सेवाले
विद्यार्थीको व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले विद्यालयमा रेडक्रसका गतिविधिलाई थप
व्यवस्थित र प्रभावकारी बनाउँदै विद्यार्थीलाई समाजप्रति जिम्मेवार नागरिकका रूपमा
विकास गर्न विद्यालय प्रशासनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।



नयाँ कार्यसमिति गठन तथा निर्वाचन प्रक्रिया
सम्पन्न गर्न रमेशराज भण्डारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।
समितिको सदस्यमा खगेन्द्रराज पराजुली र विश्व पौडेल रहेका थिए । निर्वाचन समितिले
आवश्यक प्रक्रिया पूरा गरी नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमिति गठनसँगै भास्कर मेमोरियल
स्कुलका विद्यार्थीहरू अब मानवीय सेवा
, विपद् पूर्वतयारी, प्राथमिक
उपचार
, सरसफाइ, वातावरण
संरक्षण
, राहत तथा उद्धार र सामाजिक सेवाका अभियानमा थप
सक्रिय हुने अपेक्षा गरिएको छ ।

विद्यालयमा गठन भएको नयाँ जुनियर/युवा रेडक्रस
सर्कलले विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी सेवा
, सहयोग, नेतृत्व, अनुशासन
र मानवताको व्यवहारिक पाठ सिकाउने महत्वपूर्ण माध्यमका रूपमा काम गर्ने विश्वास
गरिएको छ ।

कार्यक्रमले भास्कर मेमोरियल स्कुलमा ‘पढाइसँगै
सेवा
, सेवासँगै
नेतृत्व र नेतृत्वसँगै मानवता’ को भावनालाई संस्थागत गर्ने नयाँ अध्यायको सुरुवात
गरेको छ । नवनिर्वाचित समितिले रेडक्रसका मूल्यमान्यता र सिद्धान्तलाई आत्मसात्
गर्दै विद्यालय तथा समुदायमा मानवीय सेवाको अभियानलाई अझ प्रभावकारी बनाउने
प्रतिबद्धता व्यक्त गरेको छ ।

 


प्रकाशित मिति २०८३ साउन २२ गते शुक्रबार ११:१४