गीतकार नेपाल रानाभाटको ‘सायद मैले सकिनँ कि…’ को म्युजिक भिडियो सार्वजनिक

गीतकार नेपाल रानाभाटको ‘सायद मैले सकिनँ कि…’ को म्युजिक भिडियो सार्वजनिक

Education News

@edunewsnp

२०८३ बैशाख १३ गते आईतबार १०:३६

पोखरा, वैशाख १३ गते । गीतकार नेपाल रानाभाट ‘सुबोध’ को ‘सायद मैले सकिनँ कि...’ बोलको नयाँ गीतको म्युजिक भिडियो आइतवार पोखरामा सार्वजनिक गरिएको छ ।गीतकार प्रतिष्ठान, नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा...



पोखरावैशाख १३ गते । गीतकार नेपाल रानाभाट ‘सुबोध’ को ‘सायद मैले सकिनँ कि…’ बोलको नयाँ गीतको म्युजिक भिडियो आइतवार पोखरामा सार्वजनिक गरिएको छ ।

गीतकार प्रतिष्ठाननेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले भिडियो विमोचनपछि बोल्दै साहित्यकार/गीतकारहरू समाजकै अङ्ग भएकाले समाजसापेक्ष सिर्जना लेख्ने गरेको धारणा राखे । जीविकोपार्जनका लागि पेसागत रूपमा विविध क्षेत्रमा क्रियाशील भए पनि गीतकारसङ्गीतकार र कलाकारले आफूभित्रको सिर्जनशीलता प्रस्तुत गर्ने कुरामा लाग्नुपर्ने सरुभक्तको भनाइ थियो । उनले नेपाल रानाभाट शैक्षिक प्रशासनका क्षेत्रमा क्रियाशील भएर पनि आफूभित्रको सिर्जनशीलतालाई सुन्दर ढङ्गले प्रस्तुत गरिरहेको बताए ।

गीतकार रानाभाटले लेखनदेखि भिडियो निर्माणसम्मको अनुभव सुनाउँददै आफूले कुनै पनि गीत सार्वजनिक गर्नुअगि लक्षित वर्गलाई देखाएर मात्र सार्वजनिक गर्ने गरेको बताए । उनले गीतमा समाजको कथा समेट्ने प्रयास गरेको भन्दै भिडियोले गीतलाई न्याय गरेको अनुभूति सुनाए । शिक्षा तालिम केन्द्रगण्डकी प्रदेशका तालिम प्रमुखसमेत रहेका रानभाटका यसअगि करिब १ दर्जन गीत रेकर्ड भएका छन् । उनको ‘समयका स्वरहरू’ नामक मुक्तक सङ्ग्रह पनि प्रकाशित छ । रानाभाटकै रचनामा केही समयअगि सार्वजनिक भएको ‘तिम्रो माया फूल जस्तै बसायो…’ बोलको गीतको म्युजिक भिडियो निकै लोकप्रिय बनेको छ ।

कार्यक्रममा साहित्यकार प्रा. डा. देवी नेपालले रानाभाटको प्रशासनिक र गीतकारिताको चर्चा गरे । उनले आँखाको गीतकारमस्तिष्कको गीतकार र मुटुको गीतकार गरी तीन प्रकारको गीतकार हुने चर्चा गर्दै रानाभाटलाई ‘मुटुको गीतकार’ का रूपमा चित्रण गरे । मानवीय संवेगलाई छोएर लेख्न सक्ने गीतकार नै मुटुको गीतकार हुने भन्दै उनले रानाभाटको संवेगात्मक गीतलाई भिडियोले थप जीवन्तता दिएको बताए ।

प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालगायक पुरुषोत्तम न्यौपानेतनहुँ सम्पर्क समाजकी अध्यक्ष भुवन पराजुली काफ्लेगायक भीम लिम्बूभिडियोका निर्देशक तथा पोखरा थिएटका अध्यक्ष परिवर्तनलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।

गीतकार स्वयम् रानाभाटको सङ्गीत तथा रचना रिमाल र भीम लिम्बूको स्वर रहेको म्युजिक भिडियोमा रमेश तिमिल्सिनासरिता दानकुटी र नेपाल रानाभाट ‘सुबोध’ को अभिनय रहेको छ । भिडियो ओएसआर डिजिटल युट्युबमा हेर्न सकिन्छ ।

प्रकाशित मिति २०८३ बैशाख १३ गते आईतबार १०:३६